विराटनगर। बर्जु गाउँ पालिकाको एकीकृत पाठ्यक्रम सम्बन्धि कस्स्ट्माइज्ड तालिम आज सम्पन्न भएको छ । गाउँ पालिकाको शभाहलमा भएको दुई दिने तालिम समापन भएको हो । यो कार्यक्रमको प्राविधिक व्यवस्थापनमा एब्सुलुट टेक्निकल ईन्स्टिच्यु एण्ड रिसर्च सेन्टर प्रा.लि. इटहरी को सहयोग थियो भने आयोजकमा बर्जु गाउँ पालिकाको कार्यालय, शिक्षा शाखा अमाहिबेल्हा, सुनसरी रहेको थियो । कार्यक्रमको उद्घाटन गाउँ पालिकाको उपाध्यक्ष श्रीमति नितु कुमारी चौधरीले गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मनत्वय शिक्षा शाखाका प्रा.स. हेमराज दाहालले राख्नु भएको थियो । एकीकृत पाठ्यक्रममा भएको समस्यालाई सामाधानको लागि शिक्षकहरुलाई तालीमको आयोजना गर्नु परेको छ । कार्यक्रममा गाउँ पालिका भरिका २७ वटा विधालयको सहभागीता रहेको थियो । हामी शिक्षा क्षेत्रमा सुधारका लागि तपाईहरुको पनि समस्या हामीलाई राख्नु हामी सामाधान तर्फलाग्छु ।

शिक्षा शाखा प्रमुखले आज समापन कार्यक्रममा बोल्दै भनु भयो पहिलाका जस्तो अहिले छैन शिक्षा धैरै सुधार भएको छ । यसमा मेरो हैन तपाईहरुको लगनशील मेहनत छ ।यसरी नै लाग्नु यस पालिकालाई शिक्षाको क्षेत्रमा नमुना पालिका बनाउनु पर्छ न्ने भनाइ रहेकोथियो ।

कार्यक्रमाएब्सुलुट टेक्निकल ईन्स्टिच्यु एण्ड रिसर्च सेन्टर प्रा.लि का तर्फ बाट विमल नेपाल ले “हामी शिक्षकको प्रमुख भुमिका पाठ्यक्रम कार्यनव्यनमा हुने बताएको बताएका छन् । तालिममा सुनसरीको बर्जु गाउँ पालिका भित्रको कक्षा १-८ आधारभूत तह सम्मको प्रत्येक सामुदायिक विधालयको एक एक जना शिक्षक सहभागीता गराएको छु । सहभागीहरु उत्साहीत भएर आज सहभागी जनाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले हाम्रो बर्जु गाउँ पालिकाको साथ र सहयोग निरन्तर हुन्छ । बर्जुमा शिक्षामा रुपान्तरणको लागि सुधारकोलागि हामीलागि परेका छु । यसमा तपाईहरुले पनि सहयोग गर्नुस ।केही दिन अगाडी आफनो कार्यभार समाहले सगै अब नियमित रुपमा तपाईहरु तलवका समस्या हरु सामाधान हुन्छ र मासिक तलब शिक्षकको खातामा नै जान्छ केही दिन अझै समय लाग्छ ।

यस्ता किसिमका तालिम हामी शिक्षकलाई नियमितरूपमा दिनु पर्छ भन्ने भनाइ कुलम कुमारी यादवले उक्त कार्यक्रममा जानकारी भन्नू भएको छ । हामीलाई पुनर्ताजगी तालिम बेला बेलामा चाहिन्छ भने सम्पुर्ण सहभागी शिक्षकहरुको माग रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहता , प्रमुक प्रशिक्षकहरु इन्दिरा कटुवाल , एब्सुलुट टेक्निकल ईन्स्टिच्यु एण्ड रिसर्च सेन्टर प्रा.लि. का विमल नेपाल , शिक्षा शाखा प्रमुख बाबुराम कार्की , शिक्षा शाखाका प्रा.स. हेमराज दाहाल लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया