विराटनगर। विराटनगर महानगर पालिका द्वारा भइरहेको विकास निर्माणको काम मानव जोखिम केन्द्रित हुने गरेको छ।

विराटनगर महानगर पालिकाबाट कोटेशनमा विराटनगर महानगर पालिका वडा -३ विष्णु माया पुस्तकालय देखि पश्चिम वन कार्यालय जाने बाटोमा गरिरहेको विकासको कामलाई हेर्दा महानगर पालिकाले तयार गर्ने योजनाबाट स्थानीय वासिन्दालाई हानी हुने गरेको छ। उक्त क्षेत्रमा दुवै तर्फ नाला बनाई बाटोलाई फराकिलो बनाएर सडक बनाएकोमा विजुलीको पोललाई व्यवस्थापन नगरिकन सडक बनाएको कारण विजुलीको पोलको कारण मानिसहरु जोखिममा जाने देखिन्छ।

विराटनगर महानगर पालिका वडा नम्बर -३ को उक्त स्थानमा सडक छेउ मै विजुली पोल र तार गरिएको हुँदा त्यसलाई व्यवस्थापन किन गरिएन भनि विराटनगर -३ का वडा अध्यक्ष बसु बस्नेत संग जिज्ञासा राख्दा उक्त क्षेत्रमा बनेको बाटो वडाको बजेट अनुसार होइन यो विषयमा जानकारी नभएको बताउनु हुँदै यसको जवाफ महानगर पालिकाले दिने छ भन्नु भयो। विकासको काम सम्पन्न भए पछि उपमेयर द्वारा निरीक्षण गर्दै काम सन्तोष जनक छ भने पछि महानगर पालिकाले भूक्तानी दिने प्राबधान रहेको छ।

उक्त काम सम्पन्न भए पनि महानगरले भुक्तानी दिएको छैन। बाटो मै विजुली को पोल र तार छ तर बाटो बनिसकेको छ योजनामा बाटोमा रहेको पोललाई िन यावत राखिएको हो भनि महानगर पालिकाका उपमेयर शिल्फा कार्की संग जिज्ञासा राख्दा यो के भएको हो आफुले बुझ्ने छु भन्नु भयो। वहाले कार्यालय बाट कर्मचारी पठाए पछी छेउ मै विजुलीको पोल रहेको कुरा जानकारी उपमेयरले प्राप्त गर्नु भएको छ।
उक्त स्थानको अनुगमन गर्नु हुने बिनय दाहाल संग जिज्ञासा राख्दा विजुलीको पोल सडक मै ३ वटा रहेको हुँदा यस बाट जोखिम हुन् सक्ने छ भन्नु भयो। सडक बनाउदा अनुमति दिंदा सडक मै विजुलीको पोललाई कायमै राखी बाटो बनाउन अनुमति दिएको कुराको जानकारी आफुले पाएको बताउनु भयो।

विजुली पोल सार्न एक पटक विद्धुत प्राधिकरण लाई कार्यालयले पत्र लेखेको तर ताकेता गर्ने काम कार्यालय बाट नभएको समेत दाहालले बताउनु भयो। एक विजुली पोल सार्दा ४० हजार लाग्ने र ३ वटा सार्दा १ लाख २० हजार लाग्ने भएको र स्थानीयवासिन्दाले बाटो बनाउदा आगह्र बारम्बार गरेको कारण विजुली पोललाई व्यवस्थित नगरिकन बाटो बनाईएको कुरा आफुले जानकारी प्राप्त गरेको बताउनुभयो। यसलाई हेर्दा महानगर पालिका जनता प्रति उत्तर दायी देखिदैन।

तपाईको प्रतिक्रिया