विराटनगर। भारतको जोगवनी नाका र नेपालको रानी विराटनगर नाका एक प्रकारले अन्तर्राष्ट्रिय बोर्डरको रुपमा गनिने गरिन्छ। उक्त नाकको जोगवनी प्रवेश गर्ने नाकामा रहको दशगजामा नेपाल तर्फ बाट खासै उपस्थित नदेखिएपनि भारतीय सुरक्षाकर्मीले दशगजा नै कब्जा गरेर आफ्नो उपस्थिति देखाई रहेका छन्।

नेपालबाट भारत तर्फ जाने सवारी साधन र भारतबाट नेपाल तर्फ आउने सवारी साधनको दशगजा मै चेक जांच गरि रहका छन् भने नेपालको सशस्त्र प्रहरीले दशगजा भन्दा ३ सय मिटर नेपाल तर्फ बसेर चेक जांच गरेका छन्। यसलाई हेर्दा दशगजा नै भारतले कब्जा गरि सक्दा पनि नेपाल तर्फको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टका युनिटले देखे पनि नदेखे झैँ गर्ने गरेका छन्।

भारत पक्षबाट दशगजा मै सी सी टिभी जडान गरि नेपाल तर्फ निगरानी बढाई रहेको छ तर यसलाई त्यहँ कार्यरत सशस्त्र प्रहरीको टोलिले ध्यान दिएको पाइदैन यस कारण सशस्त्र प्रहरी प्रति नेपालीको विश्वास क्रमश घट्दै गएको छ। भारतीय पक्षले दशगजा कब्जा गर्दै नेपाल तर्फ केन्द्रित गरि सी सी टिभी क्यामरा जडान गरिएको विषय मा सशस्त्र प्रहरी बल पकली सुनसरीका डी आई जी अन्जनी कुमार पोखरेल संग जिज्ञाशा राख्दा यस विषयमा के भएको रहेको बुझेर के गरनु प्छ गरिने बताउनुभयो।

यति मात्र होइन भारतले दशगजा मै आफ्नो देशका राष्ट्रिय झन्डा फहराएको छ। के नेपालले भारतले गरे जस्तो गर्न सक्ला यसको जवाफ नेपालीले खोज्न थालेको छ।

तपाईको प्रतिक्रिया