विराटनगर । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रबहादुर ढकालबाट विराटनगर रानीमा रहेको यात्रु शाखालाई भन्सार नकाट्न मौखिक निर्देशन दिनुभएको छ ।
जोगवनीबाट सामान ल्याउने ब्यारीको सम्मानको प्रकृति हेरी सामान फिर्ता पठाउन वा जफत गर्न निर्देशन दिएको कुरा त्यहाँ कार्यरत कर्मचारीले बताएका छन् ।
व्यापारी प्रयोजनको लागि सामान ल्याउने व्यापारीले एक पटक प्रज्ञापन पत्र भरेर राजस्व तिरेपछि सोही कागजलाई आधार मानी पटक-पटक सामान कटाउने गरेको हुँदा राजस्व नलिन दिएको निर्देशनलाई कार्यान्वयन गरेको ना.सु. निरुमायाले बताउनुभयो ।
विराटनगर भन्सार कार्यालयको मातहतमा रहेको यात्रु शाखाले सामान हेरेर राजस्व लिन छोडेको छ । राजस्व नतिरीकन सामानहरू विराटनगतर्फ आउने क्रम अहिले पनि रोकिएको छैन ।
सशस्त्र प्रहरी बल भन्सार राजस्व टोलीले उत्तरतर्फको पेटीबाट यात्रुलाई हिँड्न र सामान ल्याउने व्यवस्था गरे पनि यात्रुले ल्याएको सामानको राजस्व लिने तर्फ भन्सार प्रशासनले चासो राखेको छैन ।
बिच बाटोबाट सवारी साधनलाई हिँड्न र भारतीय सावारी साधनलाई आफ्नो सवारी साधनको सुविधा काट्ने व्यवस्था मिलाइएको छ । सोही बाटोबाट मोटरसाइकल, साइकलमा सामानहरू ल्याउने क्रम बढी रहेको छ ।
अनुकूल हेरेर आफूले चलाउने साधनलाई तुफान कुदाएर सामान कटाउने काम भयरहेको छ । यसलाई हेर्दा सामानहरू ल्याउने वातावरण विभिन्न बहाना बनाएर विराटनगर भन्सार कार्यालयले बनाउने काम गरिरहेको छ ।
जोगबनीबाट दैनिक ३ हजार बोरा चामल विराटनगर आइरहेको छ । ३ हजारमध्ये ५ सय जति घरायसरी प्रयोजनको लागि ल्याइन्छ भने बाँकी व्यापारी प्रयोजनको लागि व्यापारीले नै ल्याउने गरेका छन् भरियामार्फत ।
कपडा, खाद्यान्न, खेलौना लगायत आइरहेको छ । व्यापारी प्रयोजनको लागि ल्याउने साना व्यापारीले राजस्व तिर्छु भन्दा पनि राजस्व तिर्ने वातावरण भन्सार प्रशासनले बनाउन सकेको छैन ।