विराटनगर । मुलुकमा देखिएको असहज परिस्थितिलाई सही दिशामा ल्याउन नेपालका राजनीतिक दलहरूबाट सम्भव छैन ।

एकीकृत राष्ट्रिय सङ्घर्ष समितिका अध्यक्ष वल्लभप्रसाद दाहालले सो कुरा बताउनुभएको हो ।

अहिलेको गठवन्धनलाई हेर्दा मुलुक ठुलो दुर्घटनामा पर्न सक्ने सम्भावना रहेको हुँदा यो गठबन्धनले आफ्नो उद्देश्य प्राप्त गर्न नसक्ने ठोकुवा दाहालले गर्नुभएको छ ।

मुलुकलाई सही दिशा दिन राजसंस्था बाहेक अरूबाट संभव छैन भन्नुहुँदै राजसंस्था पुनः स्थापनाको लागि राष्ट्रवादीहरू आन्दोलित हुनुपर्छ र आन्दोलनबाटै राजसंस्था स्थापना गर्नुपर्छ दाहालको भनाइ थियो ।

यसको लागि सङ्घर्ष समितिको कार्यक्रम के छ भनेर राखिएको एक प्रश्नको जवाफ दिँदै एकीकृत राष्ट्रिय सङ्घर्ष समितिले आफ्ना मागहरू प्रधानमन्त्री समक्ष प्रस्तुत गर्दै आफ्नो माग परा गर्न ज्ापन पत्र बुझाउनुका साथै आन्दोलनको उद्‌घोष गर्ने नीति रहेको बताउनुभयो ।

फागुन ३० गते एक विशाल र्‍याली निकालेर राजसंस्थाको पुनः स्थापना र हिन्दु सापेक्ष राज्य घोषणा गर्नुपर्ने मागसहितको ज्ञापनपत्र मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई बुझाउने कुरा दाहालले बताउनुभयो ।

मुलुकमा राजसंस्था पुनः स्थापना, हिन्दुराज्य स्थापनाको लागि जनमत तयार भइरहेको हुँदा एकीकृत राष्ट्र सङ्घर्ष समितिको यो आन्दोलनले पनि थप मलजल गर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया