विराटनगर । एकीकृत राष्ट्रिय सङ्घर्ष समिति मोरङ जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री समक्ष ४ बुँदे माग प्रस्तुत गर्दै ज्ञापन पत्र बुझाएको छ ।
प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा राजसंस्थाको पुनः स्थापना, गणतन्त्रको पुनः समाप्ती, सनातन हिन्दु अधिराज्य कायम गरौँ र २०४७ सालको संविधानबाटै अघि बढौ रहेको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार शाहलाई उक्त ज्ञापन पत्र बुझाएको थियो ।
ज्ञापन पत्र बुझाउँदै सङ्घर्ष समिति मोरङका अध्यक्ष बल्लभप्रसाद दाहालले यतिबेला हाम्रो देश र देशबासीहरू गणतन्त्रकै कारण समाप्त हुन लागेका, रोजगारी, सुरक्षा, न्यायको अभावमा देशै छोडेर आधाभन्दा बढी जनता पलायन भइसकेको बताउनुभयो ।
नेपाला गणतन्त्रविरद्ध र राजसंस्थाको पुनः स्थापनाको समर्थनमा अहिले चलिरहेको सङ्घर्षको समर्थन गर्दै शान्तिपूर्ण सङ्घर्ष र व्यवस्था परिवर्तनको पक्षमा अघि बढ्ने दाहालले बताउनुभयो ।
देशमा पुनः हिंसात्मक विद्रोहले जन्म नलियोस् भन्दै गणतन्त्रको विकल्पमा २०४७ सालको संविधानबाटै अघि बढ्न सके मात्र देशले जनतालाई जोगाउन सकिन्छ ज्ञापन पत्रमा उल्लेख गरिएको कुरा दाहालले बताउनुभयो ।