विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति देखिएको जनलहरलाई मतमा परिणत हुन नदिन युराोपियन युनियन क्रिष्चियनबाटै राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गरेको हो ।

बागमती प्रदेशका सभामुख भुवन पाठकले राप्रपा मोरङका कार्यकर्तासित सो कुरा भन्नुभएको हो । राजनीति भनेको सम्भावनाको खेल हो । पार्टी भनेको दुबो हो दुबो कहिले मर्दैन भन्नुहुँदै राप्रपाले बोकेको विचारलाई कसैले मार्न सक्दैन पाठकको भनाइ थियो ।

अहिलेको सरकार बढीमा ६ महिनासम्म टिक्छ । ६ महिनापछि सरकार परिवर्तन हुन्छ । यही कारण प्रदेश आफैँ कमजोर हुने र प्रदेश समाप्त हुने तर्क सभामुख पाठकको भनाइ रहेको थियो ।

“२०४६ सालपछि दुई चिरा भई राप्रपा गठन भयो । पछी क्रमशः नेतृत्व वर्गको कारण राप्रपा विभाजित हुँदै गएको कारण माओवादी यो अवस्थामा आइपुगेको, माओवादी यो अवस्थामा ाप्रपाकै कारण आइपुगेको हो”, भन्नुभयो ।

“राप्रपा आफ्नो उद्धेश्यमा अडिग छ आफ्नो उद्धेश्य पूरा गर्न सत्ता, सडक र सदनको प्रयोग गर्नुपर्छ भन्नुहुँदै । राप्रपाका सांसदहरूले आवश्यकता परेमा पदबाट राजिनामा दिएर सडक सङ्घर्षमा होमिने छन्”, भन्नुभयो ।

तपाईको प्रतिक्रिया