विराटनगर / खुला सिमानाको एवं भन्सार प्रशासनको नियमको कारण भन्सार छलेर ओसार पसार गर्ने काम तिब्र गतिमा भई रहेको छ ।

आर्थिक वर्ष २०७९/२०८० को फागुन सम्म चोरी पैठारी सम्बन्धि मुद्दाहरु विराटनगर भन्सार कार्यालयमा ५५५ वटा दर्ता भएको मा आर्थिक वर्ष २०८० /२०८१ को फागुन सम्म ७८७ वटा चोरी पैठारी सम्बन्धि मुद्दा दर्ता भएको छ ।यो तथ्यांक लाई हेर्दा भन्सार कार्यालय सशस्त्र प्रहरी बल र लेपाल प्रहरी को सक्रिय भए पछि सो मुद्दाहरु दर्ता भएका हुन् ।आर्थिक वर्ष २०७९/२०८० मा कार्यालय वाट ५५ वटा सशस्त्र प्रहरी बल वटा २४५ वटा र नेपाल प्रहरी वटा २५५ वटा मुद्दा दर्ता भएका थिए उक्त मुद्दा वाट ४ करोड ६२ लाख ३ हजार मूल्य बराबरको सामान भन्सार कार्यालय मा बुझाएको थियो ।

आर्थिक वर्ष २०८० /२०८१ मा फागुन सम्म भन्सार कार्यालय बाट ३३ वटा सशस्त्र प्रहरी बाट ६१६ वटा नेपाल प्रहरी बाट १३७ वटा मुद्दा दर्ता भएको छ ।आर्थिक वर्ष २०८० /२०८१ को फागुन सम्म भन्सार कार्यालय बाट ६६ लाख ६ हजार सशस्त्र प्रहरी बल बाट ३ करोड ७० लाख ४० हजार र नेपाल प्रहरी बाट ८६ लाख ८९ हजार मूल्य बराबरको सामान भन्सार कार्यालय बुझाएको थियो ।

यसरि बुझाएको सामान भन्दा २ गुणा बढीको मुल्यको सामान तस्करी भएको थियो ।जोगवनी वाट सामान किनेर ल्याउने साना व्यापारी ले भन्सार तिर्छु भन्दा पनि आई सी पी बाट मात्र कारोबार गर्ने भनेर बन्सार प्रशासन ले राजश्व नलिए पनि वैकल्पिक बाटो अपनाउदै सामान हरु तस्करी भएको थियो । चैत्र देखि कडाई गरिएको छ ो तस्करी ियन्त्रण गर्ने उपाय होइन व्यापारी लाई सहज रुपमा भासर तिरेर जोगवनी नाका बाट ल्याउने व्यवस्था गरेमा तस्करी नियन्त्रण हुने थियो ।

तपाईको प्रतिक्रिया