विराटनगर । खाद्य आयात निर्यात कार्यालय आई.सी. विराटनगरको कार्यालयले दिएको पाम आयलको रिपोट माथि नै प्रश्न चिन्ह खडा भएको छ ।

जनकपुरमा रहेको ट्रेडिङले विराटनगर भन्सार कार्यालय रानी आई.सी.पी.बाट जाँच पास गराई जनकपुरतर्फ लान खोजिएको पाम आयललाई जाँच पास नगराईकन पुनः परीक्षणको लागि नमुना विराटनगर भन्सार कार्यालयले भन्सार विभागमा पठाएको छ ।

मलेसियाबाट ल्याएको सो कच्चा पदार्थ भन्सार कार्यालय हातामा एक दर्जन ट्याङ्करलाई रोकिराखिएको छ भने भारततर्फ पनि एक दर्जन बढी ट्याङ्कर रोकिराखिएको छ ।

उद्योगहरू र ट्रेडिङले आफ्नो उद्योगको लागि कुड पाम आयल, पामोलिन र पाम आयल मगाउने गर्दछ । पूर्वका अधिकांश घ्यू उद्योग, तेल उद्योग, साबुन उद्योग, बिस्कुट उद्योगले मगाउने गर्दछन् भने केहीले ट्रेडिङबाट मगाएको सामान ट्रेडिङसँग किन्ने गरेका छन् ।

खाद्य आयात निर्यात कार्यालय विराटनगरबाट रिपोट दिएको उक्त वस्तुको पुनः परीक्षण गर्न भन्सार विभागमा पठाएपछि उक्त कार्यालय र भन्सार कार्यालयमा खैलाबैला मच्चिएको छ । दुवै कार्यालयले यस विषयमा केही बताउन चाहेका छैनन् ।

खाद्य-आयात निर्यात कार्यालय विराटनगरका कर्मचारीले कुन फर्मले मगाएको हो कागजपत्र भएमा हामीले यस विषयमा हेरेर भन्न सक्ने जवाफ दिएको छ ।

विराटनगर भन्सार कार्यालय आइसीपीका सूचना अधिकारी परशुराम दाहालसँग रोकिएको भन्सार जाँच पास नगरिएको पुन परीक्षणको लागि भन्सार विभागमा पठाएको नमुनाको विषयमा जिज्ञासा राख्दा यो सामान्य कुरा भन्नुहुँदै भन्सार विभागमा परीक्षणको लागि नमुना पठाएको कुरा बताउनुभयो ।

उक्त पाम आयलमा एउटा पाम आयलको परीक्षण गरी रिपोर्ट आएको तर सामान अर्कै फेला परेको बताइन्छ ।

भन्सार कार्यालय आफैँले नमुना सङ्कलन गरी विभाग पठाएको कुरा कार्यालयबाट थाहा भएको छ ।

तपाईको प्रतिक्रिया