विराटनगर । नोबेल मेडिकल कलेजको विशेषज्ञ प्राविधिक सहयोगमा विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाले स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।
महानगरपालिकाको स्वास्थ्य महाशाखाले विराटनगर महानगरपालिकाको सबै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यही क्रममा विराटनगर वार्ड नं. ३ मा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
उक्त शिविरमा नोबेल मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरूले आआफ्नो तहको सेवा दिनु भएको थियो ।
उक्त शिविर फिजिसियन सेवा, बाल रोगतर्फ, प्रसूतितर्फ, दन्त रोगतर्फ, छाला एवम् यौन रोगतर्फ, हाड जोर्नी एवम् नशा रोगतर्फ, क्षयरोगतर्फका विशेषज्ञ चिकित्सकहरूले सेवा दिनुभएको थियो । शिविरमा सेवा लिन आउनुहुने १ सय ८१ जना व्यक्तिहरूले विभिन्न सेवा लिनुभएको थियो ।
फिजिसियनतर्फ १ सय १९ जना, छाला एवम् यौन रोगतर्फ १२ जना, दन्त रोगतर्फ ९ जना, हाड जोर्नी तथा नशातर्फ २३ जना, बाल रोगतर्फ ११ जना, प्रसूतितर्फ २५ जना महिलाले, पाठेघर जाँच २१ जनाले, भिडियो एक्सरेतर्फ ६ जना, ल्याबतर्फ ९० जना, इसिजीतर्फ २६ जनाले सेवा लिएको स्वास्थ्य शिविर फोकल पर्सन भोला तिम्सिनाले बताउनुभयो ।
१ सय ८१ जना बिरामीमध्ये बाटै कसैले अन्य सेवा पनि लिएका छन् । सम्बन्धित विशेषज्ञ चिकित्सकको सल्लाह अनुसार अन्य सेवा प्राप्त गरेको तिम्सिनाले बताउनुभयो । यस सेवा लिनेमा सबभन्दा बढी ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो ।