विराटनगर । पूर्वका आम नागरिकहरूले आफ्नो घरमा विवाह, व्रतबन्ध कुनै उत्सव भएमा जोगबनी बजारमा गएर सामान किन्ने क्रम भने बढिरहेको छ । अहिले पनि एक व्यक्तिले जोगबनी बजारमा गई १ लाखभन्दा बढीको सामान एवम् कपडाहरू किनेमा उनीहरूले थप दस्तुर दिएपछि सामान बोकेर घरसम्म ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्ने काम जोगबनीका व्यापारीले गरिदिएका छन् ।

जोगबनीमा नाम चलेका कपडा पसलहरू पूजा कपडा पसल, शुभम् कपडा पसल, नारायण स्टोर, कलकत्ता स्टोर, आदर्श वस्त्रालय, रुपरङ्ग कपडा पसल, मोनालिसा कपडा पसल, राजश्री कपडा पसलमा गई सामान किन्नेको भिड लाग्ने गर्दछ ।

यीमध्ये केही कपडा पसलहरूले घरसम्म पुर्‍याइदिने व्यवस्था गरेका छन् ।

जोगबनी प्रवेश गर्नु अगाडि भन्सार कार्यालयले सार्वजनिक गरेको सूचना सुनेछि ोगबनीका पसल सञ्चालकलाई भन्सारमा लगेमा राजस्व तिर्नुपर्ने धेरै सामान लान दिँदैन के गर्ने भनेर सोध्ने गरेका छन् ।

जोगबनीका व्यापारीले सामान किन्नुस् रकम दिनुस् बाटोमा केही भएका हामी जिम्मा लिन्छौँ, तपाईँको घरसम्म पुर्‍याइदिन्छौँ भनेर जवाफ दिने गरेका छन् । सोही अनुसार घरसम्म पुर्‍याउने काम गरेका छन् ।

जोगबनीका अधिकांश व्यापारीले राजस्व चुहावट गर्न खटिएका केही सुरक्षाकर्मीलाई प्रयोग गर्ने गरेको र सोही व्यक्तिको जिम्मा लगाई घरसम्म पुर्‍याउने गरेको कुराले व्यापकता पाएको छ । जोगबनीदेखि नेपालतर्फ सामान पुर्‍याउने काम जोगबनीका व्यापारीले गर्ने गरेका छन् उनीहरूको मार्फत कुन तरिकाले सामान नेपालतर्फ ल्याउँछन् सो विषय नेपालको सुरक्षा संयन्त्रले ध्यान दिएको पाइँदैन ।

जोगबनीको कपडा पसलमा सामान किनेर रकम बुझाएपछि अर्को दिन बिहान ८ बजेसम्ममा घरमै सामान पुग्ने गरेको पाइएको छ ।

सामान मोटर साइकलमा हालेर प्रमुख बाटोबाटै सामान गन्तव्यमा पुर्‍याउने काम भइरहेको बताइन्छ ।

२ नम्बर ढाटबाटै पनि सशस्त्र प्रहरीको जस्तो कपाल काटेको व्यक्ति हेर्दा सशस्त्र प्रहरी जस्तो लाग्नेले केही व्यापारीको सामान कटाउने गरेका छन् । दिनमा ४/५ पटक सामान कटाउँदा पनि त्यहाँ कार्यरत APF का व्यक्तिहरूले सोधपुछ गर्दैनन् । सर्वसाधारण व्यक्तिले एक पटक सामान ल्याएमा कति पटक सामान बोक्नुहुन्छ म तपाईँलाई चिन्दछु भनेर भन्ने गरेका छन् ।

जसले ४/५ पटक सामान बोक्छन् उसलाई एक पटक बोक्नेको रूपमा लिने र एक पटक बोकेमा कति पटक भनेर भन्ने गरेको पाइएको छ । जोगबनीका व्यापारीले APF कै केही सिभिलका सुरक्षाकर्मीलाई घरसम्म पुर्‍याउने जिम्मा त दिएका छैनन् भन्ने प्रश्न मानस पटलमा उब्जिएको छ ।

केही दिन अगाडि APF कै सिभिलकै आँखा अगाडिबाटै विराटनगर रानी चाइना बजार छेउबाट कपडा कटाउँदा पनि नदेखे जस्तो गरेको कारण थप आशङ्का उब्जिएको छ ।

तपाईको प्रतिक्रिया