विराटनगर । विराटनगरमा रहेको गोल्डेन अस्पतालले स्वास्थ्यतर्फ निकै फड्को मार्दै आएको छ ।

१०० बेडको अस्पतालमा उपचार गर्न आई अस्पतालमा भर्ना भई सेवा लिने सेवाग्राहीको चार हजार तीन सय पन्ध्र पुगेको छ ।

२०८० श्रावणदेखि २०८१ वैशाखसम्म उक्त सङ्ख्या पुगेको हो ।

अस्पतालको ओ.पी.डी. मा आई उपचार गराउने बिरामीको सङ्ख्या २३ हजार १ सय २६ पुगेको र इमरजेन्सीमा आई उपचार गराउनेको सङ्ख्या पनि कम छैन यसलाई हेर्दा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ ।

गोल्डेन अस्पतालले बेडमा भर्ना भई उपचार गराउने बिरामीमध्ये ४०० जतिको निःशुल्क उपचार गर्नुपर्नेमा ८ जनाले मात्र पूर्ण रूपमा निःशुल्क सेवा लिएका छन् ।

गोल्डेन अस्पतालका मेनेजर सुनिलकुमार वानियाले बताउनुभयो ।

१० महिनामा स्थानीय निकायबाट निःशुल्क उपचारको लागि सिफारिस लिएर आएकालाई हामीले निःशुल्क उपचार गरेका छौँ । सिफारिस लिएर नआएको कार तोकेको सङ्ख्या अनुसार निःशुल्क सेवा दिन नसकेको वानियाले बताउनुभयो ।

अस्पतालमा भर्ना भएको २४ घण्टाभित्रमा गरिब, असहाय, विपन्न परिवार भनेर सिफारिस ल्याएमा तोकिएको मापदण्ड अनुसार निःशुल्क सेवा उपलब्ध गराउन अस्पताल प्रशासन पछि नपर्ने कथन वानियाको रहेको छ ।

उक्त अवधिमा अस्पतालले ११५५ जनाको शल्यक्रिया गरेको छ भने अस्पतालमा आई भर्ना भई उपचार गर्ने क्रममा ८४ जनाको मृत्यु भएको छ । अस्पतालमा आई उपचार गराउँदा रकम अभाव भएका मध्ये उहाँहरूकै आग्रहमा २ हजारदेखि १ लाखसम्म छुट गरेको कुरा अस्पताल निकट सूत्रले बताएको छ ।

अस्पताल सञ्चालन गर्ने सञ्चालकले अनुमति लिएको बेड सङ्ख्याको आधारमा १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गराउनुपर्ने सम्झौता गरेअनुसार उक्त सम्झौता अनुसार काम भए नभएको कुराको अनुगमन नियमनकारी निकायले गर्नु जरुरी छ । अहिले विराटनगरमा निजी क्लिनिक, पोली क्लिनिक धेरै छन् । उनीहरूले पनि १०% मापदण्ड पूरा गर्नुपर्ने आवाज जनस्तरबाट उठ्न थालेको छ ।

तपाईको प्रतिक्रिया