विराटनगर । पछिल्लो समय अनुकूल हेरेर सामान ओसारपसार गर्ने समूह वा व्यक्तिले निर्बाध रूपमा सामान ओसारपसार गर्ने गरेका छन् ।
नेपाल-भारत सीमावर्ती क्षेत्रको मोरङतर्फ विराटनगर, रानी, चाइना मार्केट, हुलास चोक, दरैया, सुनसरीतर्फ देवानगञ्ज, अमडुवा, कप्तानगञ्ज, हुस्की लगायत क्षेत्रबाट अवैध रूपमा तस्करीका सामान नेपालतर्फ आइरहेको छ । नेपाल-भारत दशगजामा नेपालतर्फको सशस्त्र प्रहरी बल नेपाल BOP तैनाथ छन् तर उनीहरूले देखे पनि नदेखे जस्तै गरेर सामान छोड्नु परिरहेको छ । नेपाल-भारततर्फको जोगबनी प्रवेश गर्ने बाटो अन्तर्राष्ट्रिय बोडर हो । यहाँबाट सामानहरू आइरहेका छन् । व्यापारिक प्रयोजनको सामान बढी आउने गरेको छ ।
यसरी सामान आए पनि त्यहाँ कार्यरत APF को टोलीले चाहेर पनि केही गर्न सक्ने वस्था छैन ।
उक्त नाकाबाट सामान ल्याउने ठुला व्यापारीहरूमध्ये अधिकांशले APF का उच्च दर्जाको सुरक्षा अधिकारीलाई केही अधिक सहयोग उपलब्ध गराइ आफ्नो लागि सकारात्मक बनिदिन आग्रह गरेअनुसार सोही आग्रहलाई तल्लो तहकालाई कार्यान्वयन गर्न गराउन मौखिक एवम् साङ्केतिक रूपमा सङ्केत दिएको कारण राजस्व नतिरीकन सामान ल्याउने क्रम बढिरहेको छ ।
जोगबनीबाट सामान ल्याउने केही व्यापारीलाई सामान ल्याउन दिनुपर्छ भनेर केही सञ्चारकर्मीले लविङ्ग गरेको कारण उनीहरूलाई सामान ल्याउन सहजीकरण गर्ने काम भइरहेको छ ।
तल्लो दर्जाका एक APF का सुरक्षाकर्मीले केही सञ्चारकर्मीले सहयोग गरेका व्यापारीको सामान समाएपछि निज सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा तानिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल टङ्कीसिनवारी मोरङका उच्च प्रहरीलाई तपाईँको मानिसले लाइन चलाएको छ । व्यापारीसँग रकम उठाउने गरेको छ भनेर बारम्बार दबाब दिएको चर्चा अहिले व्यापक रूपमा चल्न थालेको छ ।
सशस्त्र प्रहरी बल नेपाल रानीका एक सशस्त्र प्रहरीका एक व्यक्तिले केही सञ्चारकर्मीले लाइन चलाएको र मेरो मानिसको सामान नसमाउनु भनेर दबाब दिने गरेको बताएका छन् ।
सामान समाऊ कारबाहीमा परिने डर, नसमाऊ सामान छोडेको भनेर समाचार आउला भन्ने डर रानीमा कार्यरत APF लाई रहेको कुरा निजले बताएका छन् ।
यसरी सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृतको केही सञ्चारकर्मीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा काम गर्न दिएमा उनीहरू आफूप्रति सकारात्मक हुने छन् भन्ने सोचाइ रहेको कारण उक्त समस्या आएको हुन सक्ने तर्क समेत केहीले गर्न थालेका छन् ।
जोगबनीबाट सामान ल्याउनु ठुलो कुरा होइन, नेपालमा भन्दा जोगबनीमा सामान सस्तो छ तर सामानहरू हेर्नेतर्फ APF को माथिल्लो दर्जाकाले निर्देशन दिने गरेको पाइँदैन ।
सामान कुन व्यापारीले कति ल्याए ? कुन व्यापारीको सामान कति आयो ? उनीहरूले भनेको सामान ल्याए कि अर्को सामान ल्याए ? सो नै महत्त्वपूर्ण कुरा हो । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।
सशस्त्र प्रहरी बल नेपाल पकलीमा डी.आई.जी. पोखरेल हुँदा जुन प्रकारले कारोबारी डराउँथे हाँ गएपछि कारोबारीलाई सहज भएको महसुस सबैले गरेका छन् ।
सीमा प्रहरी चौकी रानी क्षेत्रमा कारोबारी बिच विवाद भएको छ मेरो क्षेत्र भन्दै विवाद भएको छ । यसलाई हेर्दा कारोबारीको मनोबल बढेको छ ।