विराटनगर । नेपाल भारत जोगबनी नाका एक प्रकारको अन्तर्राष्ट्रिय नाकाको रूपमा मानिँदै आएको छ । उक्त नाकाबाट आवतजावत गर्ने भारतीय सवारी साधन, नेपाली सवारी साधन, पैदल यात्री गरी दैनिक हजारौँ हजारको सङ्ख्या रहेको छ ।
यसको सुरक्षार्थ एवम् भन्सार छलेर अवैध रूपमा सामान ओसार गर्नेलाई निरुत्साहित गर्ने, उनीहरूलाई राजस्व तिराउने र भन्सार कार्यालयमा कर्मचारी समक्ष पुर्याउने काम सशस्त्र प्रहरी बल नेपाल APF को रहेको ५ ।
यहाँ सशस्त्र प्रहरी बल नेपाल र भन्सार कर्मचारी बिच हुनुपर्ने सुमधुर सम्बन्ध भने कायम हुन सकेको छैन । यो हुन नसक्नु उहाँको आन्तरिक विषय भए पनि आम नागरिकले यसलाई सहज रूपमा लिन सकेका छैनन् ।
२०८१ श्रावणदेखि प्रदेश नं. २ को एक मोटरसाइकलमा सवार व्यक्ति चर्चित पात्रको रूपमा रहेका छन् । प्रदेश २.०४ / ००१प२६६१ नम्बरको मोटरसाइकल जोगबनी गई निकै सामान लिएर विराटनगरतर्फ आउने सहयोगी पात्रको रूपमा रहेको छ ।
उक्त मोटरसाइकलमा सवार व्यक्ति विराटनगर रानी आएपछि कार्यक्षेत्रमा कार्यरत सशस्त्र प्रहरी बल नेपालसँग निकै भलाकुसारी गर्ने गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपालको विषयमा बखान गर्ने, राजस्व प्रहरी बल नेपालको कार्यक्षेत्रमा खटिएकालाई राम्रो सल्लाह दिने गरेका छन् । यसरी सल्लाह दिएपछि उनी सशस्त्र प्रहरी बल नेपालको शुभचिन्तकको रूपमा गनिने गरेका छन् ।
त्यहाँ १ घण्टा बसेपछि जोगबनीबाट ठुलो परिणाममा सामान ल्याउने र कार्यक्षेत्रमा कार्यरत सशस्त्र प्रहरी बल नेपाललाई आफ्नो परिचय पत्र देखाउने गरेका छन् । उनको परिचयपत्र हेरेपछि सशस्त्र प्रहरी बल नेपालको तर्फबाट कार्यक्षेत्रमा कार्यरत सशस्त्र प्रहरीले उनलाई केरकार नगरीकन छोडिदिने गरेका छन् ।
उनी घाँटीमा फित्ता भएका कार्ड झुन्डाउँछन् । आखिर ती व्यक्ति को हुन् ? उनी सवार मोटरसाइकलमा कुन सामान ल्याइन्छ त्यसतर्फ कार्यक्षेत्रमा कार्यरत सशस्त्र प्रहरी बल नेपालका जिम्मेवार व्यक्तिले ध्यान दिनु जरुरी छ ।