विराटनगर ।
चाडपर्व नजिकिदै जादा सिमावती बजार जोगवनीबाट चोरी पैठारी गरी सामान ल्याउने काम अहिले पनि रोकिएको छैन । पुरानो भन्सार कार्यलयलाई यात्रु शाखा स्थापित गर्दै व्यापारिक सामामन आ सि पी बाट मात्र नेपाल ल्याउन पाउने व्यावस्था गरेपनी उक्त व्यावस्थाको पुर्ण रुपमा कार्यान्वयन हुन सकेको छैन ।
उक्त पुरानो भन्सार कार्यलय नाकाबाट यात्रुलाई सहज गर्ने भनिए पनी उक्त स्थानबाट अहिले पनी व्यापारिक प्रयोजनको सामान समेत आइरहेको छ । साना तिना व्यापारि र घरायसी सामान ल्याउने ले ल्याएको कपडाको भन्सार भने कटेको पाइएको छ । साथै उक्त नाकाबाट तरकारीको पनी भन्सार कटटी रहेको छ । भदौ महिनामा मात्र जोगवनी बजारबाट सामान किनेर ल्याउनेको सङख्या ३२८ रहेको छ । उनीहरुबाट ४ लाख २ हजार ८०३ रुपौया राजश्व असुल भएको छ । यसलाई हेर्दा जोगवनीबाट दैनिक सामान ल्याउनेको सङख्या ११ देखिन्छ । जुन कुरालाई कसैले पनी स्विकार गर्न सक्दैनन । जोगबनीबाट अहिले खाध्यवस्तु चामल , केराउ , नरिवल , काजु , मरिच , चिनी , पास्ता , कोल्डड्रिक्स , लगायतका अन्य वस्तु निर्वाध रुपमा आइरहेका छन । उक्त सामान घरायसी नभई व्यापारिक प्रयोजनको रहेको छ । घरायसी ्रयोजन एवम चाडपर्वको लागी घरायसी व्याक्तिले ल्याउदा काजु २ किलो, पास्ता २ किलो २०० ग्राम भन्दा वढी ल्याईदैन तर यहाँ दैनिक रुपमा व्यापारिक प्रयोजनका लागी नरिवल १०० किलो , काजु ३०० केजी , मरिच २०० केजी पास्ता १५० केजी , केराउ ४०० केजी भन्दा वढी आइरहेको छ । उक्त परिमाणको सामान ल्याउने व्याक्ति जम्मा ६ जना रहेका छन । यसरी सामान ल्याउने व्याक्ति मध्ये केहीलाई केही पत्रकारले सहयोग गर्ने गरेका छन । निजले ६ जना मध्ये २ जनाको सामान उक्त समान छोडिदिन दवाव दिने गरेका छन । केही शशस्त्र प्रहरीले सामान ल्याउन नदिएपछी पत्रकार आफै फिल्डमा उत्रिएर उक्त सामान कटाउने गरेको कुरा एक जना शशस्त्र प्रहरीले बताए
जोगवनीबाट सामान ल्याएर विराटनगरको व्यापारी कहाँ पुयाए वापत चिनि प्रतिकिलो ४ रुपैयाँ , केराउ प्रतिकिलो ४ रुपैयाँ, काजु प्रतिकिलो १० रुपैया , मरिच प्रतिकिलो १२ रुपैयाँ , पास्ता प्रतिकिलो ८ रुपैयाँका दरले भुक्तानी गर्ने गरेका छन । यसरी उक्त रकमबाट जोगवनीबाट सामान बोकने लाई सवारी साधनलाई , दिने पैसा दिएर बचेको पैसाको केही पैसा पत्रकारले लिने गरेका छन । अरुले ल्याएको व्यापारिक खाध्यान्न वस्तुलाई रोके पनी पत्रकारको सामान भनेर बोक्नेले कानमा भन्ने गरेका हुन । यसरी फलानो पत्रकारको सामान भनेपछी भि आई पी सामान रोक्न हुर्दैन भन्ने मान्यता स्थापित गर्ने काम फिल्डमा खटिएका सुरक्षाकर्मीले गर्ने गरेका छन । शशस्त्र प्रहरीको टोलीमा कोहीले लाइन दिने गरेको कारण फलानोको पालो छ भनेर सामान जोगवनीबाट ल्याउने विच होडवाजी चल्ने गरेको छ ।