विराटनगर ÷ मोरङ सुनसरीको विचमा रहेको केसलिया खोलाको कारण विराटनगर को केही वार्डमा वाढी को कारण वडावासीहरुमा आंतक नै मच्चीने गरेको छ । नेपालमा संघियता कावान्ययन भई प्रदेश सरकारले स्थायित्व पाएपनी उक्त केसलिया खोलामा तटवन्धन गर्ने कार्यलाई कोशी प्रदेश सरकारले खासै ध्यान दिएको छैन ।
विगत एक दशक देखी नै वाढीको प्रकोपको सामना गर्दै आएपनी एकले अर्कालाई आरोप लगाउने बाहेक ठोस काम हुन सकेको छैन । २०८१ सालको असोज महिनाको दोश्रो साता देश भरी नै बाढीले आक्रान्त पारेको थियो ।
केसलिया खोलामा आएको वाढीले विराटनगर महानगरपालिका वार्ड न ४, ५, ६,१२,१५ लगायत अधिकाश वार्डमा डुवानको आतंक मच्चाएको थियो । उक्त आतंक मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भटटराईको कारणले भएको आरोप कोशी प्रदेशका पुर्व मुख्यमन्त्री केदार कार्कीले लगाउनुभएको छ । वाढी प्रकोपलाई नियाल्न दलवल सहित घटनास्थल पुग्नुभएका पुर्व मुख्यमन्त्री केदार कार्कीले आफनो कार्यकताको फोन प्रयोग गरी केसलिया नदी छेउछाउ मोटो रकम लिएर माटो उत्खन्न दिएको कारण बाढीले विराटनगर डुवान मा परेको भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भटटरार्ईलाई आरोप लगाउनुभएको ियो ।
खोला छेउ माटो उत्खन्न गर्न नदिएको भए केसलियाको खोलामा आएको वाढीले खोला नजिक बसोवास गरिरहेका लाई क्षति नहुने उनको तर्क थियो । केसलिया खोला छेउको माटो उख्खन गर्न लिएको र सो वापत रकम लिएको आरोप पुर्व मुख्यमन्त्री केदार कार्कीले लगाउनु भएको कुरा के हो भनेर सम्पर्क गर्दा पुर्व मुख्यमन्त्रीले लगाएको आरोपमा कुनै सत्यता नरहेको बताउनुभयो । नेताको काम बोल्ने हो के बोल्छन त्यसको पछी लाग्नुछैन भन्नुभयो । पुर्व मुख्यमन्त्री कार्कीले आफुलाई फोनमा भनेको हो तर आफुले केही नवोलेको बताउनु हुदैै आफु मोरङमा प्रमुख जिल्ला अधिकारी भई ८÷९ महिना भएको आएको हो । प्रजिअ नहुदाँ पनी समस्या थियो । तर आफुलाई प्रजिअ भई आएपछी आफुले खोला छेउको माटो काटन कसैलाई अनुमति दिएको छैन रकम पनी लिएको छैन भटटराईले भन्नुभयो ।