विराटनगर / नेपाल सरकार मातहत रहेका संघ संस्था संगठनमा सेवा निर्वित र नव प्रवेशी कुशवाहा राष्ट्र सेवकहरुलाई विराटनगरमा सम्मान तथा स्वागत गरिएको छ। कुशवाहा राष्ट्र सेवक समाज नेपालले शनिबार विराटनगरमा सम्मान स्वागत तथा शुभ कामना आदान प्रदान कार्यक्रम विच किसान, विद्यार्थी सहित १ सय ३४ जना सेवा निर्वित र नव प्रवेशी कुशवाहा राष्ट्र सेवकहरुलाई गरिएको हो।
नेपाल मै पहिलो पल्ट एउटै मंचबाट किसान, विद्यार्थी सहित १ सय ३४ जना कुशवाहा राष्ट्र सेवकहरुलाई सम्मान तथा स्वागत गरिएको छ। स्थाय बसोबास कोशी प्रदेश भएकालाई राष्ट्र सेवकहरुलाई सम्मान तथा स्वागत गरिएको कुशवाहा राष्ट्रसेवक समाज नेपालका अध्यक्ष रामखेलौन मेहताले बताउनुभयो ।
मेहताका अनुसार कुशवाहा समाजबाट प्रतिनिधित्व गर्दै विभिन्न सरकारी निकाइमा आफ्ना जीवनको अमुल्य समय दिई समाज र राष्ट्र निमित पुर्याएको योगदानको कदर गर्दै सेवा निर्वित राष्ट्र सेवक अवकास पाएका ८६ जना लाई सम्मान गरिएको छ । त्यसैगरी समाज र राष्ट्रय सेवाको लागि आफ्ना अमुल्य समय समर्पित २०८० असोज १२ गते पछि सरकारी सेवामा प्रवेश गरेका नव प्रवेशी ३५ जनालाई सम्मान तथा स्वागत गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी राष्ट्रपतिद्वारा सम्मानित किसान १ जना, विभिन्न सेवाका अधिकृत ५ जना, डाक्टर ३ जना, एसइइमा कोशी प्रदेशमा उतकृष्ट अंक ल्याएका विद्यार्थी १ जनालाई सम्मान गरिएको मेहताले बताउनुभयो ।
कार्यक्रमको प्रमुख अन्थिति तथा ोशी प्रदेशका प्रदेश सभा सदस्य रामप्रसाद मेहताले नेपाल कुशवाहा कल्याण समाज केन्द्रीय समितिको कार्य प्रति असन्तुस्टी जनाएको छ . जन्म दिने आमा बुवालाई आफ्नो सन्तान प्रति माया हुन्छ उदाहर्ण दिदै २०४७ देखि आफु पनि लागेको कुनै पद नभए पनि समाज सुधार तर्फ लागेको बताउनुभयो। अहिले पद चाहियो सुधार केहि छैन , किताब लेख्दैमा विद्वान हुदैन सामाजिक ज्ञान, व्यवाहारिक ज्ञान , पारिवारिक ज्ञान पनि हुनु जरुरी छ उहाँले बताउनु भयो।
त्यसै गरी देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले नेपाल कुशवाहा कल्याण समाजले गर्नु पर्ने काम कुशवाहा राष्ट्र सेवकले गरेको छ। समाजले गर्नु पर्ने काम गर्न सकेको छैन बताउनुभयो। भर्खर गठन भएको केन्द्रीय समिति सिस्टम भन्दा बाहिर गएर गरेको हो। किन भने वडा ,पालिका, जिल्ला प्रदेशको समिति गठन गरी केन्द्रीयको महाधिवेशन गर्नु पर्ने तर सिधै केन्द्रीय महाधिवेशन गर्यो। महाधिवेशनमा आफु पनि गएका थिए तर नतिजा पहिला नै सार्वजनिक गरिएको थियो अध्यक्षको हुने कुन पार्टीको बन्ने उहाँले बताउनु भयो। यसरी संगठन चलादैन निष्पक्ष चलाउनु पर्ने हो कुने पार्टीको संगठन होइन अध्यक्ष मेहताले बताउनु भयो।
कुशवाहा राष्ट्रसेवक समाज नेपालका अध्यक्ष रामखेलौन मेहताको संयोजकत्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता ,नेपाल सरकारको स सचिव तथा इटहरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चलित्र मेहता ,डक्टर राम शरण मेहता, सुरेश मेहता, कोशी प्रदेश प्रदेश सभा सदस्य गीता रानी मेहता, इनरुवा नगर पालिका उप प्रमुख बिनिता मेहता , मोहत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो , नेपाल कुशवाहा कल्याण समाजका महासचिव जय प्रकास महतो लगायतका वक्ताले कुशवाहा राष्ट्रसेवक समाज नेपालले गरेको कार्यको प्रशंसा गर्दै यस समाजले नेपाल सरकारको विभिन्न संघ संस्था र संगठन सेवा निर्वित र नव प्रवेशी कुशवाहा राष्ट्रसेवकलाई सम्मान तथा स्वागत गर्नु सराहनीय कार्य भएको बताएका थिए। यस समाजले जातिय सद्भाव र जातिया द्वन्द्व न्युनिकरण गर्न समग्रह कुशवाहा बन्दुको राजनीतिक, सामाजिक, प्रशासनिक उत्थान र नेतृत्व विकासमा अहम भूमिको निर्वाहको साथै कुशवाहा समाजको जातिय समस्या, विकृत, कुरितीहरुको न्युनिकरण लगायतका आपसी मेमिलाप र आ- आफ्नो सहयोगको भावना हुन नितान्त जरुरी देखिएकोले सबै हातौमालो गरेर अगाडि बढ्न जोड दिएका थिए।