विराटनगर । मोरङ, सुनसरी कोरिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूले आफूलाई चाहिने कच्चा पदार्थहरूमध्ये केही कच्चा पदार्थ तस्करीको सहारा लिएर मगाउने गरेका छन् ।

यसरी मगाउनेमा मोरङ, सुनसरीमा सञ्चालित चाउचाउ, बिस्कुट, चिज बल, नुडल्स, चकलेट उद्योगहरूले आफूलाई चाहिने मैदा र विभिन्न प्रकारका फ्लेभरहरू चोर बाटोबाट मगाउने गरेका छन् ।

यसले गर्दा यहाँ सञ्चालित मैदा उद्योगबाट उत्पादन गरिएको मैदाको माग घट्ने क्रम जारी रहेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरसहितको टोलीले केही चाउचाउ उद्योगमा निरीक्षण गर्दा उक्त उद्योगले भारतबाट ल्याएको मैदा राखेको फेला पारेको थियो ।

उक्त टोलीका एक सदस्यले नेपालमा मैदा मिल हुँदाहुँदै भारतबाट ल्याएको मैदा किन प्रयोग गरिएको भनी जिज्ञासा राख्दा नेपालको मैदा राम्रो हुँदैन हामीलाई चाहिने मैदामा आवश्यक पर्ने तत्त्व हुँदैन त्यही भएर भारतको मैदा प्रयोग गरेको बताएका थिए ।

विगत १ वर्ष अगाडि सुनसरीको अमडुवा क्षेत्रबाट भारतीय मैदा ल्याएर उद्योगमा राखेको अवस्थामा उक्त मैदा मिलमा छापा समेत मारिएको थियो । यसलाई हेर्दा यहाँका केही मैदा मिलले भारतीय मैदा ल्याई आफ्नो उद्योगको मैदा भनेर बिक्री वितरण गर्ने गरेका छन् ।

भारतबाट गहुँ ल्याउन नेपालले कोटा निर्धारण गरेको थियो विगतमा तर गहुँ ल्याउने अनुमति मैदा उत्पादन सङ्घका सीमित व्यक्तिले आफू र ट्रडिङ मार्फत गहुँ मगाई केही मैदा मिललाई अद्योपति रूपमा बन्द गराउने खेलमा लागेको कुराले त्यस बेला व्यापकता पाएको थियो ।

मैदा मिल सञ्चालन गर्न अनुमति दिने तर त्यसको लागि चाहिने गहुँ भारत एवम् तेस्रो मुलुकबाट ल्याउन ट्रेडिङलाई अनुमति दिने सरकारी गलत सोचको कारण केही मैदा मिल जोखिममा परेका छन् ।

सरकारले तेस्रो मुलुकबाट ल्याउने अनुमति ट्रेडिङलाई कुन उद्योगलाई कति चाहिन्छ सो हिसाबले व्यवस्थापन गरेमा मैदा मिलले जीवन्त पाउने छ ।

यति मात्र होइन गुड्का उद्योगलाई पनि सोही हिसाबले सुपारी ल्याउने अनुमति दिएमा उद्योगले जीवन्त पाउने छ ।

तपाईको प्रतिक्रिया