विराटनगर। नेपालका सुन व्यवसायीहरू सरकारको गलत नीतिको कारण मारमा पर्दै गएका छन्।
नेपालमा सुन व्यवसाय सञ्चालन गर्ने सञ्चालकहरू कति छन् सो अनुसन्धानको विषय बन्छ नै तर मोरङमा सुन व्यवसायीहरु ३०० भन्दा बढी नै छन्। उनीहरुले पाउनुपर्ने सुन पाउन सकिरहेको छैन सुन खरिद गर्न सरकारले एक द्वार प्रणाली लागु गर्दै सुन आयतमा भन्सार महसुल २०% कायम गरेपछि सुन आयत हुन सकेको छैन ।
सरकारले बैंकलाई समय तोकेर दैनिक २० किलो सुन आयत गर्न अनुमति दिएकाे छ तर बैंकले सरकारले तोकेको परिणामको सुन आयात गर्ने तर्फ खासै तत्परता देखाएका छैनन्। भारत सरकारले सुन आयात गर्दा भन्सार महसुल ६% लिने गरिएको छ। तर नेपालले भारतको भन्दा १४% बढी लिँदै आएको छ।
भारतको कप्तानगंज निवासी धनराज कुमारले पेटीमा लुकाई ल्याएको चाँदी बरामद गरेपछि कतै भारतबाट तस्करी भएर ल्याइने गरेको त छैन भन्ने अशङ्का गर्न थालिएको छ। धनराजकुमारले ८०० ग्राम चान्दी रहेको कुरा सशस्त्र प्रहरी बल बल बताएका छन्।
चाँदी र निजलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको र आइतबार विराटनगर भन्सार कार्यालय रानीमा बुझाउने कुरा सशस्त्र प्रहरी बल नेपाल रानीले बताएको छ।