इटहरी । सङ्घीयताको खारेज, प्रजातन्त्रसहितको राजसंस्थाको स्थापना लगायतको माग राखी राप्रपा कोसी प्रदेश कार्यसमितिले इटहरीमा वृहत् विरोध सभाको आयोजना गर्ने भएको छ ।
राप्रपा कोसी प्रदेश कार्यसमितिद्वारा इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलन समितिका अध्यक्ष राम थापाले सो कुरा बताउनुभएको हो ।
पौष १३ गते हुने उक्त आम सभामा राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, पशुपति शमशेर राणा, डा. प्रकाश चन्द लोहनी, ज्ञानेन्द्र शाही लगायतले सम्बोधन गर्ने हुने थापाले बताउनुभयो ।
सङ्घीय सरकारले अहिले पनि तीन तहको सरकारमध्ये प्रदेश र स्थानीय तहलाई बेवास्ता गरेको छ । विभेदकारी नीति लिएको समेत दमक नगरपालिकाका मेयर समेत रहनुभएको राप्रपा कोसी प्रदेश कार्यसमिति अध्यक्ष राम थापाले बताउनुभयो ।
दमक नगरपालिकाका भित्र बनेको गगनचुम्बी महलको प्रधानमन्त्री के.पी. शर्मा ओलीले जुन उद्घाटन गर्नुभयो घर नक्सा नबनाईकन गरिएको हुँदा यसलाई कानुनी दायरामा ल्याउनेतर्फ दमक नगरपालिकाको बैठकले के गर्न सकिन्छ छलफल गरी निर्णय गरिने छ भन्नुभयो ।
राप्रपा फरक विचारको दल हो, यसले सङ्घीयता, गणतन्त्र, धर्म निरपेक्षतालाई स्वीकार गर्दैन भन्नुहुँदै आफ्नो मुद्दा स्थापित गर्न राप्रपाको लागि जनसङ्घर्षको बाटो रोज्ने वा शान्तिपूर्ण बाटो रोज्ने यो राप्रपाको लागि चुनौती बनेको बताउँदै हाम्रो मुद्दा स्थापित गर्न दुई तिहाइ चाहिन्छ, हामीले कुन बाटो रोज्ने यसको निर्णय सबै प्रदेश स्तरीय सभा गरेपछि गर्ने कुरा थापाले बताउनुभयो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो मुद्दा स्थापित गर्न आन्दोलनको विकल्प छैन, आन्दोलनको नेतृत्व राप्रपाले गर्नुपर्छ सोको नेतृत्व राप्रपाले गरेमा राप्रपा नेपाल उक्त आन्दोलनमा सहभागी हुन तयार छ भन्नुभएको छ । यसमा यहाँको भनाई के छ भन्दा जनसङ्घर्ष आन्दोलनको विकल्प हैन यसको लागि कार्यदल बनेको वार्ता भइरहेको छ राम थापाले भन्नुभयो ।