विराटनगर। भन्सार छलेर अवैध तरिकाले जगवनीबाट सामान किनेर विराटनगरतर्फ ल्याउने समूह व्यक्तिप्रति सुरक्षा निकायले निगरानी राख्नुपर्ने भएको छ।
नेपालमा प्रतिबन्धित मानिने प्रोटिन भिटामिन तस्करी भइरहेको समाचार सम्प्रेषण भए लगत्तै जोगवनीबाट किनेर ल्याउने समूह व्यक्ति प्रति सशस्त्र प्रहरी बल नेपाल रानी गुल्मा विराटनगरले निगरानी राखेपछि केही परिणामको प्रोटिन बिहिबार बरामद गरेको छ। उक्त सामान नेपालतर्फ रहेको दुई नम्बर गेटमा कार्यरत सशस्त्र प्रहरी बलको टोलीले समान चेकजाँच गर्ने क्रममा बरामद गरेको हो। उक्त प्रोटिन भन्सार कार्यालयमा बुझाएको बताइन्छ।
यो घटनाबाट सशस्त्र प्रहरी बलले कसैको दबाव वा प्रभावमा सामान छोड्नु हुँदैन राम्रोसँग हेर्नुपर्छ भन्ने सन्देश दिएको छ। यी वस्तु ओसारपोसार गर्ने व्यक्ति वा समूहप्रति निगरानी राख्नु जरुरी छ। मंसिर महिनामा चोरी पैठारी गरेर नेपालतर्फ ल्याइदे गरेको ठूलो परिमाणमको सामान ३ निकायबाट बरामद भएको छ। सशस्त्र प्रहरी बल नेपाल टंकी सिनेवारी मोरङ नेपाल प्रहरी र भन्सार कार्यालय को टोलीले निगरानी राखेपछि ठूलो परिणामको सामान बरामद गर्न सफल भएको हो।
मङ्सिर महिनामा सशस्त्र प्रहरी बल नेपाल मोरङको विभिन्न युनिटले ५० लाख बराबरको सामान नियन्त्रणमा लिई विराटनगर भन्सार कार्यालयमा बुझाएको विराटनगर भन्सार कार्यालयले बताएको छ। सोही महिना नेपाल प्रहरीले ३९ लाख ६० हजार बराबरको बिराटनगर भन्सार कार्यालयले २ लाख७० हजार बराबरको सामान भन्सार कार्यालयमा बुझाएको छ।