विराटनगर । सङ्घीयता खारेजी, धर्म निरपेक्षता खारेजी, राजसंस्थाको पुन स्थापनाको माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र राजनीति विचलन आएको छ ।
राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनबाट माघ महिनामा दुई विचार सार्वजनिक गर्नु भएको छ ।
आफूले अघि सारेको मुद्दाप्रति समान विचार राख्ने राजनीतिक दल, सङ्घसंस्थासँग एकता हुन सक्ने कुरा अगाडि सारेपछि राप्रपा र राप्रपा नेपाल बिच एकता हुन सक्ने आकलन सबैले गरेका थिए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा नेपालले उठाएको मुद्दा एउटै छ, उक्त मुद्दा पूरा आन्दोलन आवस्यक छ, आन्दोलनको नेतृत्व राप्रपाले लिएमा राप्रपाको नेतृत्वलाई स्वीकार गर्न राप्रपा नेपाल तयार छ भनेपछि यसले नेपाली राजनीतिकमा ठुलै तरङ्ग पैदा गरेको थियो ।
फेरि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालसँग एकता हुन सक्दैन बरु काङ्ग्रेस, कम्युनिस्टसँग राप्रपाको एकता हुन सक्छ । राप्रपाको केही विचारलाई कसैले आत्मसात् गरेमा पाटीलाई विलय गराउन सकिने आशय प्रकट गर्नुभएको छ ।
यसलाई हेर्दा राप्रपाले अब राजा सहितको प्रजातन्त्र, हिन्दु राज्य, सङ्घीयता खारेजी जस्ता एजेन्टालाई बोक्न सक्दैन कुनै एक एजेन्टा जसले बोक्छ त्यसैमा राप्रपा विलय हुन्छ भन्ने सङ्केत दिएको छ ।
नेपाली राजनीतिमा गणतन्त्रवादी र राजतन्त्रवादी दुई धार थियो । नेपाली काङ्ग्रेस भित्र हिन्दु राज्यको कुरा उठिरहेको छ । मुद्दा राप्रपासँग मिल्छ, कतै राप्रपा नेपाली काङ्ग्रेसमा समाहित हुने सङ्केत लिङ्देनले दिनुभएको छ ।
राप्रपा नेपालसँग एकता गर्नु हुँदैन भनेर लिङ्देनलाई कसले उचालेको छ । राप्रपालाई कोमामा पुर्याउन राप्रपा भित्रकै कुन समूह लागेको छ यो कुरा कसैले बुझ्न सकेका छैनन् ।
१४ सिट राप्रपालाई नेपालीले किस्तीमा हालेर दिएका होइनन् । राप्रपाले राजसंस्था हिन्दु राज्य सङ्घीयता खारेजीको मुद्दालाई अगाडि सारेको कारण उक्त सिट दिएका हुन् ।
राजावादीहरू धेरै चिरामा विभाजित हुन उनीहरूलाई एक बनाई गणतन्त्रवादीसँग लड्ने बेलामा गणतन्त्रवादीकै पोल्टामा नेतृत्ववर्गले खोजेको छ यो बुझ्न धेरै समय कुर्नु पर्दैन ।