विराटनगर । नेपाल राष्ट्र बैङ्कले ‘क’ वर्गको वाणिज्य बैङ्कहरूलाई सुन आयात गर्न दिएको परिणाम पर्याप्त छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ मोरङका अध्यक्ष शशिभूषण शाहले बताउनुभयो ।
नेपाल सरकारले सुन आयात गर्दा भन्सार महसुल १० प्रतिशत कायम गर्नुलाई, सकारात्मक रूपमा लिइएको छ तर दैनिक २० किलो सुन आयात गर्न अनुमति दिएकोमा उक्त आयात गरिएको सुनमध्ये ६० प्रतिशत उपत्यकामा दिने काम भएको हुँदा बाँकी ४० प्रतिशतले अन्य जिल्लालाई पुग्न सक्दैन यसमा परिणाममा वृद्धि गर्नुपर्ने बताउनुभयो ।
सुनचाँदी व्यवसायी महासङ्घ मोरङमा आबद्ध सुनचाँदी व्यवसायीको सङ्ख्या १४० भन्दा बढी छन् । उनीहरूले सुन माग गरेपछि महासङ्घले सिफारिस गर्दछ भन्नुहुँदै महासङ्घ मोरङले महिनामा ४ किलो सुनको सिफारिस गरेको छ । यो परिणाम सुनचाँदी व्यवसायीको सङ्ख्या हेर्दा कम रहेको शाहले बताउनुभयो ।
सुन आयात गर्न नेपाल राष्ट्र बैङ्कले अनुमति दिने गरेको छ । वाणिज्य बैङ्कलाई उनीहरूबाट सुन विराटनगरमै लिने हो भने बैङ्कले सर्भिस चार्ज भनेर ५ हजारदेखि १५ हजारसम्म लिने गरेका छन् शाहले बताउनुभयो ।
सुनचाँदी आयातमा कोटा निर्धारण नगरीकन ल्याउन दिनुपर्छ । यहाँ कोटा तोकिएको हुँदा कोटाअनुसार सुन आयात गरेर आयातकर्तालाई सहज हुँदैन शाहको तर्क छ ।
महिनाको ४ किलो सुनले मोरङको सुन व्यवसायीको व्यापार फस्टाउँदैन भन्नुहुँदै सुन व्यवसाय गर्न दिने तर खरिदमा कोटा तोक्नु अघोषित रूपमा सुन व्यवसायीलाई व्यापार नगर भनेको त होइन भन्ने अनुमान लगाउन सकिन्छ ।