विराटनगर । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी विराटनगरबाट सशस्त्र प्रहरी नायव निरीक्षक प्रकाश दाहालको कमान्डमा खटेको टोलीले मानव खप्पर र नली खुट्टासहित एक व्यक्ति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर-१५ रघुपति जुट मिल नजिक बस्ने वर्ष ३७ को विनोद राय रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको रिक्सामा सवार व्यक्तिलाई विराटनगर-१५ ढाँटमा चेकजाँच गरी मानव खप्पर ३८ गोटा, मानव नली खुट्टा १० गोटा बरामद गरेको छ ।

बरामद गरेको मानव खप्पर र मानव नली खुट्टासहित रायलाई आवश्यक कारवाईका लागि इलाका प्रहरी कार्यालय रानी बुझाएको छ ।

तपाईको प्रतिक्रिया