विराटनगर। विराटनगर भन्सार कार्यालयबाट सञ्चालनमा आएको छोटी भन्सारले राजश्व सङ्कलन तर्फ उल्लेखनीय काम गर्दै आएको छ।

मोरङको साबिक सोरोभागमा रहेको मायागञ्ज छोटी भन्सारले २०८१ श्रावण देखि पौषसम्म ६ महिनासम्ममा १५ लाख भन्दा बढी राजस्व संकलन गरिएको कुरा विराटनगर भन्सार कार्यालयबाट थाहा भएको छ। उक्त छोटी भन्सार कार्यालयले श्रावण महिनामा ३ लाख ३९ हजार भदौ महिनामा १ लाख ५० हजार असोज महिनामा २ लाख ६० हजार जति राजश्व सङ्कलन गरिएको छ।

कार्तिक महिनामा २ लाख ८० हजार मंसिर महिनामा ३ लाख ७० हजार पौष महिनामा १ लाख ६० हजार जति राजस्व सङ्कलन गरिएको छ। पहिलो समय जोगमनीबाट सामान ल्याई विराटनगर भन्सार यात्रु शाखामा सामान पुर्याएपछि सामानको राजश्व लिने काम बन्द गरेको हुँदा राजश्व उठ्न सकेको छैन।

यस्तो तर्फ सरकारवाला निकायको ध्यान जान सकेको छैन।

तपाईको प्रतिक्रिया