- मधुसूदन ज्ञवाली

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा विदेशी फन्डबाट सञ्चालित सञ्चारमाध्यम र आफूलाई बौद्धिक वर्ग बताउने व्यक्तिहरू बरबराउन थालेका छन् ।

जो आफूलाई बौद्धिक वर्ग बताउँछन् उनीहरूले मानसिक सन्तुलन गुमाइसकेका छन् । हिजो राजालाई गाली गरेर राजनीतिक तावामा रोटी सेकेर खानेहरू अहिले फेरि राजालाई गाली गरेर तावामा रोटी सेके खाइरहेका छन् ।

२०५७ ज्येष्ठ १९ गते राति राजदरबार घटनापछि राजा बनेका ज्ञानेन्द्र शाहलाई प्रधानमन्त्री हुन निवेदन दिनेहरू र उहाँकै अगाडि आफ्नो पद तथा गोपनीयताको शपथ खानेहरू अहिले ऊ कहाँको राजा हो, राजपरिवारको वंश नाश गर्ने हो भनेर कराइराखेका छन् ।

राजा ज्ञानेन्द्रबाट मृत्युवरण गरेको प्रतिनिधि सभालाई पुनः जीवित गर्ने काम भएको थियो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम त्यस बेलाको प्रतिनिधि सभा विघटनको सिफारिस गरेका छन्, त्यस बेला किन ज्ञानेन्द्रलाई राजा स्वीकार गरे त यसको जवाफ उक्त पार्टीका कार्यकर्ताले आफ्नो मालिकसँग माग्ने हिम्मत गरेका छैनन् किन ?

मृत्युवरण गरेको प्रतिनिधिसभालाई पुनः जीवित गरेपछि तत्कालीन आतङ्कवादी माओवादीलाई एमाले सरह नै प्रतिनिधिसभामा टीका लगाएर सांसद बनाउँदा कहाँ थिए मानसिक सन्तुलन गुमाएमा बौद्धिक वर्गहरू के सो ठिक थियो ?

राजदरबारभित्र राजा वीरेन्द्रको वंश नाश गर्ने बेलामा सरकार प्रमुख गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो उहाँले राजदरबार सम्बन्धी मन्त्रालय समाल्नुभएको थियो ।

महेश आचार्य रक्षा मन्त्री हुनुहुन्थ्यो । उहाँले रक्षा मन्त्रालय सम्हाल्नुहुन्थ्यो । अहिलेका राष्ट्रपति बताइनुभएका रामचन्द्र पौड्याल गृहमन्त्री हुनुहुन्थ्यो । उहाँले गृह समाल्नुभएको थियो ।

देशको सुरक्षा अङ्ग समाल्ने मन्त्रीहरू नेपाली काङ्ग्रेसकै हुनुहुन्थ्यो । यो स्मरण गर्ने समय आएको छ । राजाको सुरक्षा गर्ने जिम्मा उहाँहरूकै थियो तर यहाँ आफ्नो दाजुको वंश नाश गर्ने भएर हौवा फिँजाउँदै राजा ज्ञानेन्द्रलाई बदनाम गरिँदै छ झुटको खेती भइरहेको छ ।

जनकपुरमा राजा महेन्द्रलाई बम हान्न प्रेरित गर्ने काम नेपाली काङ्ग्रेसकै निर्देशनमा भएकै थियो यो कुरा नेपाली काङ्ग्रेसको तर्फबाट सांसद बन्नुभएका रामहरि खतिवडाले बताइसक्नुभएको छ । राजा वीरेन्द्रलाई लक्षित गरी कोइराला निवास विराटनगर अगाडि बम हानिएको थियो ।

तर राजा वीरेन्द्रलाई निर्धारित समयमा कोसी अञ्चल अस्पतालको निरीक्षण गर्न रोकिएको कारण एक बरफ बेच्नेले वीरगति प्राप्त गरेका थिए । उक्त समयमा यो विराटनगरवासीलाई थाहा हुनुपर्छ नै जसले जुन दलको कार्यकर्ताको योजनामा राजा महेन्द्रलाई जनकपुरमा बम हानियो उसको घेराभित्र राजपरिवारबाट सुरक्षित हुन्छन् भनेर हामीले मान्दिनुपर्ने थियो तर सुरक्षित हुन सक्नुभएन ।

राजदरबार घटनालाई गिरिजाप्रसाद कोइरालाले ग्राइण्ड डिजाइन हो, समय आएपछि बताउँछु भन्नुभयो तर समय आएन उहाँले आफ्नो शरीर त्याग्नुभयो ।

राजदरबार घटना घटेको दिन रक्षा मन्त्री महेश आचार्य विराटनगर हुनुहुन्थ्यो । उहाँलाई कति बेला थाहा भयो उहाँलाई सोध्दा हुन्छ । बिबिसी समाचारमा नेपालको समाचार भनेपछि विशेष बुलेटिन भन्दै राजदरबारमा वीरेन्द्रको वंश नाश भयो । गोली हानी मारियो, मार्ने युवराज दीपेन्द्र हुन्, उक्त कुरा नेपालकै गृहमन्त्री रामचन्द्र पौड्यालले बताउनुभयो भनेर समाचार भनिएको थियो । यो कुराको खण्डन तत्कालीन गृहमन्त्री पौड्यालले गरेको पाइएन ।

जुन कुरा बिबिसीमा प्रसारण भयो सोही कुरा छानबिन समितिका सभापति तारानाथ रानाभाटले भन्नुभयो । उक्त समितिमा माधव नेपाललाई पनि राखिएको थियो । उहाँ बस्न किन मान्नुभएन ? विदेशमा बसेका नेपाली जसले बिबिसी समाचार सुन्नुभयो उहाँहरूले नेपालमा रहेका आफन्तलाई भन्नुभयो ।

राजा वीरेन्द्रको वंश नाश भयो, तिमीहरूलाई थाहा छैन ज्येष्ठ २० गते बिहान रेडियो नेपाल, नेपाल टेलिभिजनले शोक धुन बजाइरहेको थियो । राजदरबार घटना घटेको समाचार नेपाल समाचार पत्रले सम्प्रेषण गरेको थियो, उसले कसरी थाहा पायो ? यसतर्फ मानसिक सन्तुलन गुमाएकाको ध्यान गएन किन ?

वीरेन्द्र राजाको वंश नाश जसले गरायो सोको जति निन्दा गर्दा पनि कम हुन्छ । राजा वीरेन्द्रको वंश नाश भएको कुरा तत्कालीन रक्षा मन्त्री महेश आचार्यले कतिखेर थाहा पाउनुभयो ? तत्कालीन गृहमन्त्री रामचन्द्र पौड्यालले कतिखेर थाहा पाउनुभयो ? नेपालस्थित बिबिसी समाचार दालले कतिखेर थाहा पाउनुभयो ? यो खोजेमा राजदरबार घटनाको ग्राइण्ड डिजाइन बारेमा केही थाहा हुने छ । यसतर्फ मानसिक सन्तुलन गुमाएका मौन छन् किन ?

तपाईको प्रतिक्रिया