विराटनगर । नेपाललाई क्रमशः धराशायी बनाएर विदेशीको दासत्वलाई स्वीकार गर्न नेपालीलाई बाध्य पार्दै छन् ।
सङ्घीयतालाई कार्यान्वयन गराउनेतर्फ अमेरिकाले जुन रकम उपलब्ध गराएको थियो, जुन प्रयोजनको लागि उपलब्ध गराएको थियो, त्यसतर्फ खर्च नगरेको कारण नेपाललाई फ्रड भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा आफ्नो धारणा राख्ने युएसआईबाट दिएको रकम र अन्य सहयोग रोक्का गर्ने घोषणा गरेपछि गणतन्त्रवादी नेताहरूले आम्दानीको स्रोतको नवीन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग राख्नुभएको छ ।
नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सांसदमै भन्नुभयो नेपालाई आर्थिक रूपमा विकास गर्ने हो भने यौन व्यवसाय सञ्चालन गर्न दिनुपर्छ । विदेशी पर्यटनहरू नेपाल आएपछि उनीहरूले मनोरञ्जन गर्न पाउनुपर्छ । त्यसको लागि यौन व्यवसाय सञ्चालन गर्न दिएमा पर्यटकहरूले मनोरञ्जन गर्न पाउने छन् र आम्दानी हुने छ भन्नुभएको छ ।
संसदमा बोलेको कुरालाई गणतन्त्रवादीले विरोध गरेका छैनन् ।
इतिहास साक्षी छ पहिले पहिले भनिन्थ्यो हरियो वन नेपालको धन । नेपाल जलस्रोतको धनी देश हो । मन्दिर नै मन्दिरको देश हो । अब नेपालमा वेश्यालय नै वेश्यालयको देश भनेर विश्व सामुन्ने चिनाउनेतर्फ गणतन्त्रवादी नेता परिवर्तनकारी नेताहरू लाग्ने सम्भावना बढेको छ ।
सांसदमा घिमिरेले उक्त कुरा गणतन्त्रवादी पक्षधरकै सल्लाहमा उक्त भनाइ बाहिर ल्याउनुभएको छ सांसदमार्फत । उहाँको कुरालाई संसदमा प्रतिनिधित्व गर्ने महिला सभासद्ले नियमापत्ति जनाउनु भएन । महिला अधिकारकर्मी मौन छ, गणतन्त्रवादी पक्षधर दलका महिला सङ्गठन मौन छन् । महिला अधिकारकर्मी मौन छन् । यसलाई हेर्दा सबेको सहमति र सल्लाहमा उक्त भन्नुभएको अनुमान सहजै लगाउन सकिन्छ ।
हुन तः देश कङ्गाल भइसकेको छ । वैशाखदेखि निजामती कर्मचारीलाई सरकारले तलब खुवाउन सक्दैन । तलब खुवाउन नसक्ने सङ्केत पाइसकेको कुराले कर्मचारीमा खैलाबैला मच्चिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीले राजीनामा दिइरहेका छन् । सरकारले अब निजहरूलाई अवकाश प्राप्त दिइने सुविधा नदिने तयारीमा रहेको सङ्केत पाएपछि राजीनामा दिइरहेका छन् ।
आइतबार मात्रै इलाका प्रहरी कार्यालय रानीमा ३ जनाले राजीनामा बुझाएका छन् । कोसी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजन घिमिरेले आफू आएपछि प्रहरीबाट राजीनामा दिने क्रम बढेको बताइसक्नुभएको छ ।
नेपाल प्रहरीका आइजिपीले सेवा सुविधा कटौती गर्ने कुरा गलत हो भनेर भने पनि नेपाल प्रहरीका अधिकांश डिआइजीहरूले आफ्नो वरिपरि रहेकालाई राजीनामा दिलाउने काम भइरहेको प्रहरी बिच चर्चा चलिरहेको छ ।
नेपालमा राजतन्त्र समयमा नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्छ भनेर कुनै सांसदले भन्न सक्दैन थिए तर अहिले संसदमा भनिरहेका छन् । यो राजनीतिक छलाङ हो यस प्रकारको राजनीतिक छलाङ मार्दामार्दै नेपाल विश्वको मानचित्रबाट हटेमा कुनै आश्चर्य मान्नु पर्दैन ।