विराटनगर । विराटनगर महानगरपालिका वार्ड न १८ मा रहेको ऐतिहासिक विराट राजाको दरबार सरक्षण हुन नसक्दा विराटनगरको गरिमा बोकेको ऐतिहासिक विराट राजाको दरवार संरक्षणको पखाईमा रहेको विराटनगर महानगरपालिका वार्ड १८ का वडा अध्यक्ष जितेन्द्र कुमार शाहले बताउनुभयो ।
नेपालमा तिन तहको सरकार छ । तिन तहको सरकारको सहयोग विना कुनै पनी काम हुन सक्दैन । भन्नुहुदैं उहाले तीन तहको सरकारले इच्छा शक्ति देखाएर हातेमालो गर्दै काम गरेमा असम्भव काम पनी सम्भव बन्ने शाहले बताउनुभयो । आफुले वडा अध्यक्षको जिम्मेवबारी समाले पछी भौतिक पुर्वाधार , शिक्षा ,स्वास्थ्य र कृर्षी तर्फ निकै काम भएको उहांले बताउनुभयो ।
विराटनगर १८ मा अठाई किलो मिटर पिच , २ किलो मिटर जति ग्राभेल , १ हजार मिटर नाला बनाईसकेको उहँंले बताउनुभयो । विराटनगर वार्ड न १८ मा ९० प्रतिशत कृर्षी योग्य जमिन छ । सिचाईंको लागी मोटर सिचाईं पम्प किसानलाई चाहिने समय अनुसारको मल समयमा उपलब्ध नहुदां किसानले सोचे जतिको उत्पादन गर्न सकेका छैनन । समयमा किसानले मल कसरी प्राप्त गर्न सक्छन त्यस तर्फ आफु लागी परेको उहांले बताउनुभयो ।
वडाले आफनो वडामा वडाबासीहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने विभिन्न तालिमहरु दिइरहेको र उक्त तालिमलाई सदुपयोग गर्दै सो वडाको महिला एवम पुरुषलाई अगाडि बढाउनको लागी वर्डाले सहयोग गरेको वडा अध्यक्ष शाहले बताउनुभयो ।
वार्ड १८ मा शिक्षा स्वास्थ्य मा सुधार भईरहेको छ भने सडक वतीको व्यावस्था गरिएको हुदाँ वडा वासीहरुले उज्यालो मा हिडने काम भईरहेको र सडकको स्तरोन्तीका लागी काम तिव्र गतिमा गरिएको वडा अध्यक्ष साहले बताउनुभयो । वडाको समन्ययमा बृद्धबृद्धालाई आखांको परिक्षण गरेर चस्मा र आवश्यक रुपमा वडाले सहयोग गरेको उहांले बताउनुभयो । बृद्धबृद्धालाई जाडोको समयमा कमल , फाइवरको सिरक , र युवाहरुलाई खेलकुदका सामाग्री वित्तरण र अपाङलाई सिपमुलक तालिम , दलितहरुलाई सिरक दिइएको छ । विभिन्न समयमा आपकालिन परिवेशमा रहेका सर्वसाधारण व्याक्तिलाई सहयोग पुयाइरहेको उहांको बताउनुभयो । विभिन्न समयमा ठाउं ठाउंमा आवश्यकता अनुसार विश्राम को लागी फलैचाको समेत व्यावस्था गरिएको छ । साथै वृक्षारोपण समेत गरेर वडाको विकासमा उहांले उल्लेखिय भुमिका निवार्ह गर्नुभएको छ ।
वडा बासीले समेत स्थानिय विकास प्रेमी नेतृत्वको रुपमा वडा अध्यक्ष शाह भएको कारण निकै उत्साहित भएका छन । वडा वासीको समस्यालाई आफनै समस्या जस्तो गरेर सहयोग पुयाउने साहको काम देखी स्थानिय बासिन्दा उनको काम देखी निकै उत्साहित छन ।