विराटनगर। नेपालमा गणतन्त्र आउनु भनेको समान्ती युगको अन्त्य हुनु हो। तर गणतन्त्र सँग सँगै समान्ती प्रवृत्ति समेतले प्रवेश पाएको छ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विप्लव चन.सीले प्रेस सेन्टर नेपाल मोरङले वर्तमान राजनीतिक र समाजवादी यात्रा विषय सञ्चारकर्मी सँगको अन्तरक्रिया कार्यक्रममा सो कुरा भन्नुभएको हो। गणतन्त्र भनेपनि यो संसदीय व्यवस्था हो। यो दलाल पुँजीपतिको व्यवस्था हो।

गणतन्त्र जनतामा रुपान्तरित हुन सकेन भन्नुहुँदै राजतन्त्रको अन्त्य हुनु नहुनुमा केही फरक आएको महसुस जनताले गरेको छैनन्। विप्लवको भनाइ थियो यो गणतन्त्ररीक व्यवस्थाले नेपाली समाजलाई अराजक्ताको भूमरीमा पुर्‍याएको छ। यो व्यवस्थाले मुलुकलाई तहसनहस गरेको छ।

यो व्यवस्था चलेन भन्ने कुरामा सबै सहमत छन् तर के गर्ने कुरामा कसैलाई थाहा छैन भन्नुभयो। नेपालको राजसंस्था यो व्यवस्थाको चुनौती हो। नेपाली जनताले परिवर्तन खोज्दछन्। यो व्यवस्थाले काम गरेन जनताको समस्या हेरेनन् यो भन्दा पुरानै व्यवस्था ठिक त होइन भन्ने मानसिकतामा जनता पुगेका छन्।

यसलाई हेर्दा पुरानै व्यवस्था तर्फ जनता आकर्षित हुँदैछन् । पश्चगमन तर्फ नेपाल जानुलाई दुर्घटना मान्नुपर्छ उहाँको भनाइ थियो जनताले विकल्प खोज्दछन् जनताले विकल्प खोज्दै जाँदा जे पनि हुन सक्छ उहाँको तर्क थियो।

तपाईको प्रतिक्रिया