विराटनगर ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको फागुन मसान्त सम्ममा रु ५ अर्व १८ करोड ४ लाख ६२ हजार रुपैया बरावरको राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षमा लक्ष्यको ८५ प्रतिशत रहेको छ । गत बर्षको फागुन मसान्त सम्ममा ४ अर्व ८६ करोड ४६ लाख ८० हजार रुपैया सो कार्यालयले गरेको थियो । गएको आर्थिक वर्षको तुलनामा ७ प्रतिशत राजस्व बढी संकलन गर्न सो कार्यालय सफल भएको भएको सुचना अधिकारी नवराज भटटराईले बताउनुभयो।

संकलित राजस्वमा आयकर रु. १ अर्व ८१ करोड १३ लाख ६९ हजार ,बहाल कर ६ करोड ७५ लाख ६० हजार , व्याजकर २० करोड २२ लाख ६८ हजार , अन्तरशुल्क १ अर्व ७१ करोड २ लाख ६५ हजार , मुल्य अभिवृद्धि कर १ अर्व ३८ करोड ७० लाख ९१ हजार असुल गरेको छ । अन्तरिक राजश्व कार्यालय विराटनगरले कर शिक्षा र करको महत्वको विषयमा निरन्तर रुपमा सेवाग्राही लाई आम रुपमा जानकारी गराएको कारण राजश्वमा सुधार आएको कार्यालय प्रमुख भुपाल राज शाक्यले जानकारी दिनुभयो । करदाता शिक्षा र कर राज्यलाई दिनुपर्छ भन्ने दायित्व वोध गराउनको लागी आन्तरिक राजश्व कार्यालय सदैव लागेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया