विराटनगर । गणतान्त्रिक सरकारमा रहेका राजनीतिक दलका नेताहरूले पछाडि फर्कनु भनेको प्रतिगमनतिर जानु हो भन्ने गरेका छन् ।

विगतमा आफैँले बोलेका कुराहरूलाई छेपारोले रङ फेरेझैँ फेर्ने गरेका छन् र उक्त नयाँ छेपारोको नयाँ शब्दप्रति विश्वास गर्ने गरेको पाइएको छ । वर्तमान प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफू प्रतिपक्षमा हुँदा शिक्षकले गरेको आन्दोलनलाई सरकारले सम्बोधन गर्नुपर्छ, शिक्षक हाम्रो गुरु हुन् भन्नुहुन्थ्यो । अहिले आफू सत्तामा भएपछि शिक्षकलाई नराम्रो दृष्टिकोणले हेर्ने, शिक्षकले पढाएका विद्यार्थीले राम्रो अङ्क नल्याएको, विद्यालयको शैक्षिक गुणस्तर खस्केको भन्दै शिक्षकको मागलाई सम्बोधन नगरीकन दमन गर्ने काम भएको छ ।

हुन तः प्रधानमन्त्री ओलीको भनाइ ठिक नेपालमा वास्तविक शिक्षक नै छैनन्, दलका कार्यकर्ता शिक्षक बनेका छन्, दललाई लेवी बुझाउने गरेका छन्, त्यही भएर होला दलका कार्यकर्ताको रूपमा स्थापित शिक्षकको मागलाई सरकारले सम्बोधन नगरीकन दमन गरेको हो ।

प्रधानमन्त्री ओलीले विगतमा गर्नुभएको प्रतिबद्धताहरूलाई हेर्दा उहाँमा पछाडि फर्किने बानी छैन, उहाँलाई थाहा छैन विगतमा आफूले गरेको प्रतिबद्धताको बारेमा ।

सङ्घीय सरकारकै प्रधानमन्त्री के.पी. ओलीको शैलीमा कोसी प्रदेशका मुख्यमन्त्री हिकमत कार्की हिँडिरहनुभएको छ ।

उहाँले विगतमा बोलेका र गरेका कामलाई निरन्तरता दिनुभएको छैन । विगतको कामलाई निरन्तरता दिनु भनेको प्रतिगमनतर्फ आफू जानु हो यो तर्क सायद हिकमत कार्कीको रहेको छ ।

उहाँले आफू आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा निकै प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँकै पहलमा म अघि बढ्छु कार्यक्रम ल्याइयो जो युवा लक्षित थियो । त्यस बेला ठुला ठुला प्रतिबद्धता व्यक्त गर्नुभयो । युवाहरूलाई एक बनाउनुभयो तर उहाँ नै मुख्यमन्त्री हुनुहुन्छ तर आफूले अघि सारेको म अघि बढ्नु भन्ने युवा लक्षित कार्यक्रमलाई निरन्तरता दिन सक्नु भएको छैन ।

निर्माण व्यवसायीको विराटनगरमा भएको सम्मेलनमा निर्माण व्यवसायीका माग जायज छन् । प्रधानमन्त्री हाम्रो दलको हुनुहुन्छ । यहाँ समस्या मैले सुने म यहाँहरूसँगै फायल बोकेर काठमाडौँ जान्छु भन्नुभयो ।

उहाँले निर्माण व्यवसायीमध्ये कस-कसको फाइल बोकेर जानुभयो बताउनुभएको छैन । आफू आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा उहाँकै इच्छाको कार्यक्रम तर म अघि बढ्छु भन्नेले निरन्तरता पाउन सकेन भने अन्य प्रतिबद्धताले निरन्तरता पाउँछ भनेर भन्न सकिँदैन ।

प्रदेश लगानी सम्मेलन पनि म अघि बढ्छु जस्तै हुने निश्चित देखिएको छ ।

युवा लक्षित ‘म अघि बढ्छु’ कार्यक्रमले निरन्तरता पाउन सकेको छैन । अब व्यापारी लक्षित लगानी सम्मेलनले पनि निरन्तरता पाउने देखिँदैन ।

युवा लक्षित म अघि बढ्छु कार्यक्रम कोमामा छ । त्यसको फोटोकपी हो व्यापारी लक्षित लगानी सम्मेलन शब्द फरक छ, उद्देश्य फरक छ, बेवकुफ बनाउने शैली एउटै छ । विराटनगरवासीको तर्क रहेको छ ।

तपाईको प्रतिक्रिया