सर्लाही। पत्रकार श्रवण थापाको नेतुत्वमा प्रेस सेन्टर नेपाल, शाखा सर्लाहीले नयाँ नेतुत्व चयन गरेको छ । सर्लाहीको बागमती नगरपालिका वार्ड न. ११ बागमती भ्यू रिसोर्टमा भएको दोस्रो विशेष जिल्ला अधिवेशनले पत्रकार श्रवण थापाको नेतृत्वमा १५ सदस्यीय समिति चयन गरेको हो ।
प्रेस सेन्टर नेपाल, सर्लाही शाखाले संगठनको प्रक्रिया, विधान र अनुशासन विपरीतका काम कार्बाही गर्दै आएको भन्दै मधेस प्रदेश समितिले चैत्र १ गते पुरानो जिल्ला समन्वय समितिलाई विघटन गरी नयाँ समिति गठनका लागि केन्द्रिय समिति जर्नादन पोखरेललाई जिम्मेवारी दिएको थियो ।
समितिको उपाध्यक्षद्धयमा क्षितिज विश्वकर्मा, सर्मिला रमौली मगर, सचिव राधेश्याम कुशवाह र सह–सचिवद्धयमा सलिना मगर, जितेन्द्र कुशवाह चयन भएको छ । त्यसैगरि कोषाध्यक्षमा राजेश पाठक, सदस्यहरुमा चन्द्रवहादुर जिम्वा, शिवकुमार कुशवाह, हरि निरौला, मंन्दिरा लामिछाने चयन भएका छन् ।
त्यस्तै, जितेश यादव, अविशेष यादव, अनिता साह पनि सदस्यमा निर्वाचित भएको प्रेस सेन्टर नेपाल, सर्लाहीले जनाएको छ । प्रेस सेन्टर नेपाल, सर्लाहीका पूर्व नेतुत्वले आफनो १२÷१३ महिनाको कार्यकालमा केन्द्र र प्रदेशसंग समन्वय र सहकार्य नगरी आफूखुशि कार्यहरु अगाडी बढाएको बताए ।
उहाँहरुले संगठनको विद्यान र उदेश्य विपरीत प्रदेशका सचिवलाई कार्वाही गर्ने प्रेस विज्ञप्ती निकाल्ने, अन्य समाजिक संघसंस्थाहरु तथा सुरक्षा निकायहरुबाट पनि नेतुत्वले अनैतिक तथा नियमित कार्यहरु गर्दै आएको कुराहरु समेत आए ।
विभिन्न राष्ट्रिय मिडियाहरुमा समेत उहाँहरुको कर्तुत बारे सामाचारहरु समेत छापियो । यसले गर्दा संगठन तथा पार्टीको समेत ठुलो बदनामी भयो । उहाले भने । प्रदेश समितिले समेत छानविन समिति गठन गरी छानविन गर्दा उहाँ दोषि देखिनु भयो ।
यति हुदा हुदाँ पनि उहाँहरुले आफनो गल्तीलाई सुधारेर समेत अगाडी बढन समेत नचाहने भएकाले हामीहरुले पुरानो समितिलाई विघटन गरी नयाँ नेतुत्व चयन गर्न बाध्य भएको उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष श्रवण थापाले जिल्लामा पत्रकारिता व्यवसायिक र मार्यादित बनाउन संगठनले कुनै कसर बाँकी नराख्ने बताए ।
संगठनमा रहदा पनि नरहदा पनि मैले जिल्लामा पत्रकारिता व्यवसायिक र मर्यादित कसरी बनाउने भन्ने भुलेका छैन ।
उहाँले भने । अगामी दिनहरुमा अझ धेरै संवेदनशिल ढंगले उठाउदै र यसप्रति अझ प्रतिबद्व हुदै मेरो मात्र नभएर संगठनकै जुन खालको योजना र उदेश्य छ, त्यसको पुरा गर्नका लागि प्रतिबद्व भएर लाग्ने प्रतिबद्वतता समेत उहाँले व्यक्त गरे ।
हामीसंग सहयात्रा गरिरहदा खेरि विभिन्न संगठन सहित नेपाल पत्रकार महासंघको तर्फबाट समेत यो संगठन यस्तो बदनाम छ वा यो संगठनसंग सहकार्य गर्न सक्दैन भन्ने खालको कुरा नहुने भन्नुभएको छ । उहाँले भने । पक्कै पनि उहाँहरुले अपेक्षा गरे भन्दा बाहिर पक्कै पनि रहदैनौं ।
हामी पहिलादेखि नै भनेको छु, मसंग जोजो जोडिएर मसंगै जिल्ला समन्वय समितिकोमा रहनुभएको छ, उहाँहरुलाई अगाडी देखि पनि भेट हुदाँ खेरी कुराकानी हुदै गर्दा खेरी अनौपचारिक छलफलको क्रममा पनि भन्ने गरेका थिए । हाम्रो एउटा कस्तो प्रचलन छ भने एक जनालाई जिम्मेवारी दिने अर्थात संयोजक, अध्यक्ष जे भने पनि एक जनालाई जिम्मेवारी दिने, त्यसंग अरु एक दुई जना थपिर ।
सबै ४÷५ जनाको टिम भइसकेपछि अगाडी बढाउन सक्छौ, अगाडी बढाउन सकिन्छ भने एक खालको मान्यता बन्ने गरेका छन । अन्य पदाधिकारी साथीहरु उहाँहरु गरिहाल्नुस हुन्छ । भन्दै अन्य सदस्यहरु निस्क्रिय समेत हुने गरेका छन । उहाँले भने ।
मैले उहाँहरुलाई पहिला देखि नै भन्ने गरेका छु, हामी ११ जना भयो भने एउटा गाडीको ४ प्राङ्गा बाहेक अन्य साथीहरु सबै गाडी भित्र पस्ने, अथवा गाडीको स्पेयर पार्ट जस्तै भित्तामा टासिएर बस्ने जस्ता क्रियाकलापको अन्त्य गरिनुपर्छ । संगठनलाई अगाडी बढाउनका लागि सबैले हातेमालो गरेर अगाडी बढनुपर्ने उहाँले सुझाए ।
उहाँले मलाई विश्वास गरेर सर्लाही नेतुत्वमा सुम्पिनुभएकोमा हाम्रा अग्रज प्रेस सेन्टर सर्लाही प्रति आभार समेत प्रकट गर्दै कार्यक्रमलाई सफल बनाउनका लागि पाल्नुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, सम्पूर्ण संगठनका पदाधिकारी, सहकर्मी साथीहरुलाई थापाले धन्यावाद समेत ज्ञापन गरे ।
सम्पूर्ण जनपक्षिय पत्रकार एक हौ’ भन्ने नाराका साथ बुधवार सर्लाहीको बागमतीमा सुरु भएको प्रेस सेन्टर नेपाल, सर्लाहीको विशेष जिल्ला सम्मेलन सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थिति प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सबै सहभागिहरुले श्रवण थापाको नेतुत्वमा गठित १५ सदस्यीय समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए । सहभागिहरुले पूर्व नेतुत्वद्धारा गरिएको गल्तीलाई सच्याउदै पत्रकार थापाको नेतुत्वमा गठित संगठनले अन्य सबै संगठनहरुसंग सहकार्य गरी श्रमजिवि पत्रकारहरुको हकहितका लागि समेत काम गर्ने विश्वास समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादीका पोलिटब्यूरो सदस्य उच्युतम काफ्ले, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाअध्यक्ष गोविन्द देवकोटा, प्रदेश सांसद जवाहरलाल कुशवाहा, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष किरण कर्ण, मधेस प्रदेशका सचिव गोपाल गुप्ता, हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी, बलराका मेयर रामाशंकर कुशवाहा, नेपाल पत्रकार महासंघ, सर्लाही शाखाका अध्यक्ष टंक बहादुर क्षेत्री, नेपाल प्रेस यूनियनका अध्यक्ष कृष्ण थपलिया, फोनिज, सर्लाहीका अध्यक्ष घनश्याम बलम्पाकी, प्रेस चौतारीका अध्यक्ष अच्युतम सापकोटा प्रेस सेन्टरसंग आबद्ध संचारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।