विराटनगर। बजारमा पाइने म:म, चाउमिन, चाउ चाउ ,चिजवल ,कुरमुरे लगायत जंग फुड सामग्रीमा अजिनोमोटो हालिने गरिएको कुराले अहिले निकै चर्चा पाएको छ।
तरकारी लगायत अन्य खाने कुरालाई स्वादीलो बनाउन जुन अजिनोमोटो हालिन्छ। यो बस्तु बढी खाएमा मानव स्वास्थ्यमा निकै हानी हुने गरेको छ। यहाँका उद्योगहरुले उत्पादन गर्ने खानेकुरामा मापदन भन्दा राखेर बाहिर गएर हालिने गरेको बताइन्छ।
यहाँका अधिकांश होटल ,रेस्टुरेन्ट हरुले खानामा अजिनोमोटोको प्रयोग गर्ने गरेका छन्। जबकी उनीहरुले खाद्य निरीक्षक के मा कति हाल्ने भनेर सल्लाह गरि हाल्नु पर्नेमा खाद्य निरीक्षक बिना नै हाल्ने गरेका छन्। जंग फुड उत्पादन गर्ने उद्योगहरुले उल्लेख गर्नुपर्ने तर गरे नगरेको बिषयमा सरोकारवाला निकायले अहिले सम्म ध्यान दिन सकेको छैन।
अजिनोमोटोले मानव शरीरलाई कतिको हानी गर्दैछ भनेर खाद्य प्रविधि तथ् गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजकुमार रिजाल संग जिज्ञासा राख्दा अजिलो मोटो खाने नहुने चिज होइन तर यसका प्रयोगको सिमा हुन्छ भन्नु हुदै बढी सेवन गरेमा हानी भने गर्दछ भन्नु भयो। ाउ चाउ ,चउमिन ,चिप्स ,चिजवल लगायत तयारी जंग फुड उत्पादन गर्ने उद्योगले आफ्नो उतपादनमा कति अजिनोमोटो हालिएको भनेर उल्लेख गर्नु पर्छ साथै उद्योगले १२ महिना मुनिकाले खान हुँदैन भनेर आफ्नो उतपादनमा दिएको बस्तुको रेपरमा उल्लेख गर्नु पर्छ रिजालले भन्नु भयो।
बजारमा पाईने जंग फुड १२ महिना मुनिकाले खानु हुदैन यस तर्फ उपभोगता वर्ग सचेत हुनुपर्छ रिजालले भन्नु भयो। साथै उद्योग हरुले पनि आफुले उतपादन गरेको जंग फुडमा प्रयोग गरिएको सामाग्रीहरुको परिणाम समेत उल्लेख गर्नुपर्द छ। सो गरे नगरेको बिषयमा आम उपभोगता वर्ग र सम्बन्धित निकायले समेत ध्यान दिनु जरुरि छ।