देवानगञ्ज। देवानगञ्ज गाउँपालिकाले आफ्ना वडा अध्यक्षलाई उपलब्ध गराएको सवारी साधनको व्यापक दुरुपयोग हुने गरेको छ।
गाउँपालिका प्रवक्ता समेत रहनु भएका देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनिल कुमार भगतले आफुलाई दिएको मोटर साइकल आफ्ना छोरालाई प्रयोग गर्न दिएका छन्। वहाँलाई उपलब्ध गराएको को १ ब १३२८ नम्बरको मोटर साइकल अगाडी पट्टी कुकुर राखेर वहाको परिवारले कार्य पालिका हुदै बजार घुमाए पछि घटना बाहिरिएको हो। यो भन्दा केहि अगाडी भगतले वडा कार्यालयमा सेवा ग्राहीलाई समस्यामा पर्ने गरि कृषि शिर्षकको रकममा देश बाहिर भारतको दार्जलिंग परिवार सहित भ्रमणमा जाँदा विवादमा आउनुभएको थियो।
आफुलाई दिएको मोटर साइकलको दुरुपयोग भएको बारेमा वडा नम्बर ३ का वडा अध्यक्ष अनिल कुमार भगत संग जिज्ञासा राख्दा यो बिषयमा आफु केहि नबोल्ने ,फोनमा बोल्न मिल्दैन यसको वास्तविक कुरा अर्कै छ भन्नु भयो। वास्तविक कुरा फोनमा भन्न नमिल्ने कुरा के हो यसको खोजि हुनु जरुरि छ।
जनता संग सरोकार रहेको र जनताको चासोको बिषयमा बोल्न मिल्दैन भन्नुलाई शंकाको रुपमा हेर्न थालिएको छ। सवारी साधनको दुरुपयोग भएको बिषयमा केन्द्रित रही ेवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता संग जिज्ञासा राख्दा वडा अध्यक्षलाई उपलब्ध गराएको मोटर साइकलको दुरुपयोग भएको कुराको जानकारी आफुले सामाजिक संजाल मार्फत थाहा पाएको बताउनु भयो। आफुले वडा अध्यक्ष भगतलाई फोन गर्दा वहाले फोन उठाउनु भएन सम्पर्क भए पछि यस बिषयमा सोध्ने बताउनु भयो।
अहिले सम्मको अवस्था हेर्दा सरकारी मोटर साइकलको दुरुपयोग भएको छ यो गर्नु हुदैन मोटर साइकल वहालाई दिएको हो परिवारलाई र जनावरलाई घुमाउन दिएको होइन अध्यक्ष मेहताले बताउनुभयो।
सरकारी गाडी सम्बन्धित व्यक्ति बाहेक अरुले प्रयोग गर्नु हुदैन।आवासक परेको खण्डमा अरुले पनि प्रयोग गर्नु त्यो फरक बिषय हुनसक्छ। तर केहि समान ल्याउन ,जनावर घुमाउन सरकारी गाडी प्रयोग गर्नु दुरुपयोग हो। यस बिषयमा सम्बधित निकायको ध्यान जानु जरुरि छ।