देवानगंज। युवा तथा खेलकुद मन्त्रि डिग बहादुर लिम्बुले नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवाको नेतृत्वको कारणले गर्दा नेपाली कांग्रेस पार्टी कमजोर भइरहेको छ भन्नुभयो।
सुनसरीमा आयोजित नेपाली कांग्रेस सुनसरी क्षेत्र २ (ख) प्रदेश सभा सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा भन्नु भएको हो। सुनसरी खेत्र नम्बर २ (ख) क्षेत्रिया समितिद्वारा आयोजित कार्यक्रममा बि पी कोइरालाले देखाएको बाटोमा पार्टी चल्नु पर्नेमा गलत बाटो बाट शेर बहादुर देउवा चल्नु भएको कारण कांग्रस दैनिक रुपमा कमजोर बन्दै गएको छ लिम्बुले भन्नुभयो। कोशी प्रदेशमा नेपाली कांग्रेसले बहुमत ल्याउनु पर्नेमा सुनसरी मोरङ कमजोर भएको कारण कोशी प्रदेश हातबाट गुमाएको आरोप समेत लिम्बुले लगाउनुभयो। कोशी प्रदेश र देशमा सफलता पाउन सुनसरी मोरङ मिल्नु पर्छ उहाँले भन्नुभयो।
प्रतिनिधि सभाका पुर्व सभासद सिताराम मेहताले नेपाली कांग्रेसले स्थानीय ,प्रदेश र संघियमा आफ्नै गल्तिको कारणले हारेको बताउनुभयो। नेपाली कांग्रेस कसरी पराजित भयो सडक बाटोमा खोजेर मिल्दैन र पाइदैन भन्नु हुदै आ-आफ्नो छातीमा हात राखेर खोज्नु भयो भने नेपाली कांग्रस किन पराजित भयो थाहा हुन्छ मेहताले भन्नु भयो।
उक्त अवसरमा कोशी प्रदेसका पुर्व सभासद राजिव कोइराला,नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारी ,नेपाली कांग्रेस मोरङ का सभापति भक्तिनाथ माझी लगायत वर्तमान संघिय सरकारमा नेपाली कांग्रेस पनि छ तर सरकारमा भएको महसुस नेपाली कांग्रेसले गर्न सकेको छैन। हामी नेताको झोले हुन् रुचाउछौँ तर पार्टीको झोले बन्न चाहदैनौ हामीले विचारको राजनीतिलाई आत्मसात गर्नु पर्छ भन्ने कुरामा जोडदिनु भएको थियो।
स्थानीय तह ,प्रदेश र संघिय निर्वाचन पछि पहिलो पल्ट सुनसरी क्षेत्र नम्बर २ (ख) मा प्रदेश सभा सम्मलेन गरेको छ। यस क्षेत्रमा कांग्रेसले केहि स्थानीय तह र प्रदेश र संघीय गुमाएको छ। हर पछि पहिलो पल्ट प्रदेश सभा सम्मेलनको आयोजना गरेको हो। कांग्रेसको गड मान्ने स्थानीय तह देवानगंज गाउँ पालिका पार्टी भित्रको आन्तरिक द्वन्द र गुठ बन्दिले गुमाउनु परेको छ ।