विराटनगर। विराटनगर जोगवनी नाकामा मोरङको सुरक्षाकर्मी एवं भन्सार कर्मचारीले कडाई गरेपछि तस्करीको लागि अर्को विकल्प खोज्न थालेका छन्।

उक्त क्षेत्र बाट गलत तरिकाले कारोबार गर्ने समुह वा व्यक्ति लाईसहयोग गर्नेहरुले सशस्त्र प्रहरी बलका जवानहरुलाई हातपात गर्ने सम्म को काम गरेका थिए। यस बाट सुरक्षा कर्मी को मनोवल घटेको छैन उनीहरुले उच्च मनोवलका साथ काम गरि रहेका छन्। यसलाई सबैले सकारात्मक रुपमा लिनु पर्छ।

यसरि काम गरिरहदा सुक्षाकर्मीले सरकारी सवारी साधन विद्यालय बस एवं स्वाथ्यकर्मीले प्रयोग गर्ने लोगो अंकित गाडी प्रति व्यं दिन सकेका छैन। यी गाडी बाट समान औसर पोसार हुदैन भन्ने मान्यता छ तर उक्त मान्यतालाई चुनोति दिदै स्वास्थ्य कर्मीले प्रयोग गर्ने लोगो अंकित गाडीलाई समेत प्रयोग गर्न थालिएको छ।

स्वाथ्य कर्मी को लोगो अंकित नम्बर को गाडीमा हालेर ठुलो परिणामको किचेन रायक विराटनगर तर्फ ल्याउन खोज्दा सशस्त्र प्रहरीको टोलीले छेक जाच गर्ने क्रममा बरामद गरिएको थियो। उक्त सवारी साधन चिकित्सकको रहेको कुरा बताए पनि कसको भनेर बताईएन पछि उक्त गाडीमा रहेको सामान भन्सार सजश्व तिराएर छोरिएको थियो। हुन् त् यस तर्फ चिकित्सकको पनि ध्यान जानु जरुरि छ।

चिकित्सक सबैले सवारी साधन आफै चलाउदैन सवारी चालक राख्दछन उक्त लोगो अंकित बाट राज्य लाई हानी हुने सुरक्षा चुनोतिमा खतरा हुने समान पनि न आउला भन्न सकिदैन। यसरि नै कालो सिसा भएका गाडी को प्रयोग तिब्र गतिमा भैरहेको छ यस बाट गाडी भित्र रहेका व्यक्ति को हुन् उनको उदेश्य के हो भनेर प्रष्ट हुन् सकेको छैन।

कालो सिसा भएको गाडी प्रयोग गर्न कस कसलाई दिएको छ जस जसले कालो सिसा गाडीमा लगाएका छन् उनीहरुलाई अनुमति कसले दिएको छ। यस तर्फ आम जनताको ध्यान जानु जरुरि छ। यस विषयमा आम जनताले आवाज उठाउनु जरुरि छ।

तपाईको प्रतिक्रिया