सशस्त्र प्रहरी, नेपाल प्रहरी र कारोबारी बीच रस्साकस्सी
विराटनगर । जोगबनीबाट भन्सार छलेर सामानलाई पूर्वमा बिक्री वितरण गर्दै आएका समूहलाई पछिल्लो समय निकै तनाव भएको छ । भदौ १ गतेदेखि निर्बाध रूपमा सामान ओसारपसार गर्ने गरी सशस्त्र प्रहरी बल नेपाल रानी, विराटनगरसँग सहमति भई काम गरिरहेका समूहलाई भदौ ६ गतेदेखि काम नगर्न भनी सुझाव दिएपछि अहिले केही ठूला कारोबारीहरू अन्योलमा परेका छन् ।
उनीहरूले उक्त निकायको केही व्यक्तिलाई मोटो रकम बुझाए पनि निर्बाध रूपम...