सुरक्षाकर्मी तनावमा: पत्रकारिताको आडमा तस्करी धन्धा

सुरक्षाकर्मी तनावमा: पत्रकारिताको आडमा तस्करी धन्धा
विराटनगर । नेपाल-भारतको अन्तर्राष्ट्रिय नाकाको रूपमा विराटनगर जोगबनी प्रवेशद्वारलाई मानिँदै आएको छ । उक्त क्षेत्रमा खटिएका सशस्त्र प्रहरी नेपाल प्रहरीले उच्च महत्त्व राख्दै काम गर्दै आएका छन् । यसरी काम गर्दागर्दै आफ्नो मातहतका प्रमुख र केही सञ्चारकर्मीको दबाब र प्रभावमा पर्ने गरेका छन् । सुरक्षा उच्च अधिकारीले आफ्नो मातहतका युनिट प्रमुखलाई सीमा क्षेत्रबाट हुने अवैध गतिविधिलाई रोक्नुपर्...

भारतबाट ल्याएको प्लास्टिक र अर्को फूल बजारमा: महानगर मौन

भारतबाट ल्याएको प्लास्टिक र अर्को फूल बजारमा: महानगर मौन
विराटनगर । बाह्रै महिना फूलको व्यापार तीव्र गतिमा भइरहेको छ । विराटनगरमा मात्र ४० वटाभन्दा बढी फूलको पसलहरू रहेका छन् । विराटनगरमा विभिन्न व्यक्तिको अगाडिपट्टिको कोठा भाडामा लिएर व्यापार गर्दै आएका व्यापारीहरूमध्ये अधिकांशले नेपालको ऐन कानुनलाई धज्जी उडाउँदै आफ्नो व्यापार गर्दै आएका छन् । एउटा फूल पसल व्यापारीले वर्षमा ३ करोडभन्दा बढी रकमको कारोबार गर्ने गरेको आङ्कलन गर्न थालिएको छ । यो व...

अटिजमको जोखिम कम गर्न महानगरको ध्यान केन्द्रित

अटिजमको जोखिम कम गर्न महानगरको ध्यान केन्द्रित
विराटनगर । अटिजम स्नायु विकास सम्बन्धी समस्या हो, जुन बालबालिकाको विकास क्रममा देखिने गर्दछ । यसको पहिचान गरी अटिजमबाट हुने जोखिमलाई कम गर्न विराटनगर महानगरपालिकाले तत्परता देखाउँदै आएको छ । हालसम्म अटिजमको निश्चित कारण यही हो भनेर पत्ता नलागे पनि विभिन्न अध्ययन, अनुसन्धानले मस्तिष्कको संरचना वा मस्तिष्कले गर्ने काममा समस्या हुन सक्ने औँल्याएको छ । साथै वंशाणुगत, वातावरणीय प्रभावको कारणल...

सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याएको बिरुवा नष्ट

सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याएको बिरुवा नष्ट
विराटनगर । विराटनगरमा रहेको डायमन्ड नर्सरीले भारतबाट ल्याएको विभिन्न प्रकारको बिरुवाहरू नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल गुल्म रानी विराटनगरको टोलेले उक्त बिरुवा माथि शङ्का लागि नियन्त्रणमा लिई प्रक्रिया पूरा गरी खाल्डोमा हाली नष्ट गरेको हो । बुधवार विराटनगर भन्सार कार्यालयबाट UP 73, AT 4676 को गाडीमा भन्सार जाँच पास भई उक्त गाडीमा राखिएको बिरुवा विराटनगर ल्याइएको थियो । ...

पारस अस्पताल मापदण्ड विपरीतः सरोकारवाला निकाय निरीह

पारस अस्पताल मापदण्ड विपरीतः सरोकारवाला निकाय निरीह
विराटनगर । मोरङमा सञ्चालित स्वास्थ्य संस्थामध्ये केही स्वास्थ्य संस्थाले स्वास्थ्य संस्था सञ्चालन गर्न अपनाउनुपर्ने प्रावधानलाई धोती लगाइदिएको छ । मापदण्ड विपरीत स्वास्थ्य संस्था सञ्चालन गर्नेमा विराटनगरमा रहेको पारस अस्पताल निकै अगाडि रहेको छ । उक्त अस्पताल जहाँ सञ्चालनमा छ उक्त भवनलाई हेर्ने हो भने अस्पताल सञ्चालन गर्ने निकायले द्रव्य मोहमा परेर अस्पताल सञ्चालनको लागि अनुमति दिएको त होइन...

कोसी प्रदेशको बहुवर्षिय योजना सम्पन्न हुने तयारीमा

कोसी प्रदेशको बहुवर्षिय योजना सम्पन्न हुने तयारीमा
विराटनगर । सहरी विकास तथा भवन कार्यालय कोसी प्रदेश विराटनगरले आफ्नो मातहतमा रहेको बहुवर्षिय योजनालाई पूर्णता दिने अभियानमा लागेको छ । कोसी प्रदेश सरकारले विनियोजन गरेको बजेट एवम् योजनामध्ये बहुवर्षिय १० वटा योजनाको काम तीव्र गतिमा भइरहेको छ । निर्माण व्यवसायीले काममा ढिलाइ गरेमा त्यसलाई सही मार्गमा ल्याउन कार्यालय प्रमुख, प्राविधिकहरू लागिरहनुभएको छ । बहुवर्षिय योजनामध्ये विराटनगर रान...

सरकारकै कारण मैदा मिलले तस्करी गर्नुपरेको छ

सरकारकै कारण मैदा मिलले तस्करी गर्नुपरेको छ
विराटनगर । मोरङ, सुनसरी कोरिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूले आफूलाई चाहिने कच्चा पदार्थहरूमध्ये केही कच्चा पदार्थ तस्करीको सहारा लिएर मगाउने गरेका छन् । यसरी मगाउनेमा मोरङ, सुनसरीमा सञ्चालित चाउचाउ, बिस्कुट, चिज बल, नुडल्स, चकलेट उद्योगहरूले आफूलाई चाहिने मैदा र विभिन्न प्रकारका फ्लेभरहरू चोर बाटोबाट मगाउने गरेका छन् । यसले गर्दा यहाँ सञ्चालित मैदा उद्योगबाट उत्पादन गरिएको मैदाको माग घ...

राजस्व चुहावट संरक्षणतर्फ केन्द्रित: सरोकारवाला निकाय

राजस्व चुहावट संरक्षणतर्फ केन्द्रित: सरोकारवाला निकाय
विराटनगर । मोरङमा राजस्व चुहावट नियन्त्रण समिति रहे पनि उक्त समितिको काम औपचारिकतामा सीमित हुने गरेको छ । उक्त समिति मोरङका प्रमुख जिल्ला अधिकारी अध्यक्ष, विराटनगर भन्सार कार्यालयका भन्सार प्रमुख सदस्य सचिव, सशस्त्र प्रहरी बल नेपाल टंकीसिनवारी मोरङका प्रमुख, नेपाल प्रहरी मोरङका प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुख, राजस्व अनुसन्धान इकाई इटहरीका प्रमुख, आन्तरिक राजस्व कार्यालय विरा...

काजु, हाडेबदाम, मरीचको व्यापक तस्करी: सुरक्षा निकाय हेरेको हेरै

काजु, हाडेबदाम, मरीचको व्यापक तस्करी: सुरक्षा निकाय हेरेको हेरै
विराटनगर । खुला सिमानाको कारण एवम् सुरक्षाकर्मीको पर्याप्त उपस्थिति नहुँदा अवैध तरिकाले सामान-ओसार पसार गर्ने समूह वा व्यक्तिको सक्रियता बढ्दै गएको छ । अहिले जोगबनीबाट सामानलाई यात्रु शाखामा गई राजस्व तिर्नेको सङ्ख्या न्यून रहेको छ । जोगबनी प्रवेश गर्ने मुख्य नाकाबाट सामान ल्याउन भारतीय सुरक्षाकर्मीले नदिएपछि दशगजामा रहेको दुर्गा मन्दिरको उत्तरपट्टिबाट नेपालतर्फ सामान फ्याँकेर सुरक्षित पार्ने ...

दुहवी नगरपालिकाले बनाउने सुविधा सम्पन्न बहुउद्देश्यीय भवनको शिल्यानास

दुहवी नगरपालिकाले बनाउने सुविधा सम्पन्न बहुउद्देश्यीय भवनको शिल्यानास
विराटनगर । दुहवी नगरपालिकाले बहुउद्धेशिय भवन बनाउने भएको छ । दुहवी नगरपालिका वार्ड ५मा रहेको आफनै जमिनमा ५ तल्ले भवन बनाउन लागीएको हो । २० करोड २ लाख ८७ हजार ९७ रुपैया ७४ पैसा भ्याट र कन्टीजेन्सी चार्ज सहित उक्त भवन २०८३ असोज १० गते सम्पन्न गरि सक्नुपर्ने छ ।उक्त भवन सम्पन्न भएपछी व्यापारिले कोठा भाडामा लिई व्यापार गर्ने र दुहबी बजार नै चलायमान हुनुका साथै दुहवी नगरपालिकाको आम्दानीको स्रोत समेत बृ...