राजस्व चुहावट संरक्षणतर्फ केन्द्रित: सरोकारवाला निकाय
विराटनगर । मोरङमा राजस्व चुहावट नियन्त्रण समिति रहे पनि उक्त समितिको काम औपचारिकतामा सीमित हुने गरेको छ ।
उक्त समिति मोरङका प्रमुख जिल्ला अधिकारी अध्यक्ष, विराटनगर भन्सार कार्यालयका भन्सार प्रमुख सदस्य सचिव, सशस्त्र प्रहरी बल नेपाल टंकीसिनवारी मोरङका प्रमुख, नेपाल प्रहरी मोरङका प्रमुख, राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुख, राजस्व अनुसन्धान इकाई इटहरीका प्रमुख, आन्तरिक राजस्व कार्यालय विरा...